काठमाडौं। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवं सत्तारूढ नेकपा प्रदेश-२ का अध्यक्ष प्रभु साहले आपराधिक मुद्दाको अनुसन्धानलाई प्रभाव पार्ने गरेर अभिव्यक्ति सार्वजनिक गरेका छन्।
प्रदेश-२ प्रहरीले केही आपराधिक मुद्दामा गरिरहेको अनुसन्धानको विषयलाई लिएर उनले आपत्ति जनाउदै विज्ञप्ति नै जारी गरेका छन्।
३ चैतमा रौतहटको गरुडास्थित दाइभाई इँटा उद्योगमा भएको घटनामा इँटा उद्योगका सञ्चालक रामबाबु चौधरीसहितका ४० जनामाथि सार्वजनिक आपराधिक उपद्रो मुद्दा र हेटौँडामा एम्बुलेन्सले लागूऔषध बोकेको मुद्दामा अदालतबाट पक्राउ गर्ने अनुमति लिएर खोजी भइरहेका रौतहटको ईशनाथ नगरपालिकाको मेयर सन्तोष मेहतालगायतमाथि भइरहेको अनुसन्धानको विषयलाई लिएर सांसद साहले कडा आपत्ति जनाएका हुन्।
सांसद साहले सार्वजनिक उपद्रो मुद्दा दायर गरेर घटना नै नभएको विषयमा काल्पनिक वारदात बनाएर अपराधिक कार्यलाई ढाक छोप गर्न झुटा मुद्दा चलाउने काम भएको दाबी गरेका छन्।
प्रहरीले अनुसन्धान गरिरहेको विषयलाई उनले २१औं शताब्दीमा प्रजातान्त्रिक अभ्यास गरिरहेको नेपालमा जंगली हर्कत भएको टिप्पणी गर्दै स्वीकार्य नहुने अभिव्यक्ति दिएका छन्। उनले घटनाको छानबिन गरी दोषीलाई तुरुन्त कारबाही गर्न माग पनि सरकारसँग गरेका छन्।
“आपराधिक कार्यमा कुनै संलग्नता नै नभएको मेयर लगायतका निर्दोष व्यक्तिलाई विना प्रमाण पक्राउ पुर्जी काटिएको स्थिति छ”, उनले भनेका छन्, “तथ्य र प्रमाण विना गलत नियतबाट नगरको मुख्य नेतृत्वलाई यसरी ह्यारेसमेन्ट गर्नु कतिको न्याय संगत छ ?”
पीडितलाई न्याय दिलाउनुको सट्टा रौतहट प्रहरीले जिल्ला अदालतमा इँटा उद्योगका मालिक रामबाबु चौधरीको सपरिवारसहित झण्डै ४० जनामाथि उल्टै मुद्दा चलाएको सांसद साहको आरोप छ। ईशनाथ नगरपालिकामा नै कोरोना संक्रमति भेटिएको अवस्थामा अहिले उक्त नगरपालिका मेयरविहीनताको स्थितिमा रहेको भन्दै उनलाई नै काल्पनिक मुद्दा चलाएर आम जनता आतंकित एवं त्रसित गर्ने काम भएको साहको आरोप छ।
यी घटनाहरु उदाहरण मात्र भएको भन्दै उनले देशमा कालोबजारी तथा झुट्टा मुद्धाको विगविगी नै चलेको दाबी गरेका छन्। आपराधिक घटनामा पीडितलाई नै दोषी बनाउने दुस्प्रयास भइरहेको भन्दै उनले घटना नै नभए पनि बनावटी वारदात खडा गरेर जंगली कार्यको अभ्यास भइरहेको गम्भीर आरोप लगाएका छन्।
उनले यस्ता गलत कार्यलाई तुरुन्त रोक्न प्रधानमन्त्रीको गम्भीर ध्यानाकर्षणसमेत गराएको विज्ञप्तिमा भनेका छन्।
रौतहटको ईशनाथ नगरपालिकाका मेयर सन्तोष मेहता र उनका भाई नेकपाका नगर अध्यक्ष मोहन मेहता गाँजा तस्करीमा मुछिएपछि मकवानपुर जिल्ला अदालतले दुवैलाई पक्राउ गर्न अनुमति दिएको थियो। पक्राउ पुर्जी पाएपछि जिल्ला प्रहरी कार्यालय मकवानपुरले १७ चैतमा जिल्ला प्रहरी कार्यालय राैतहटलाई पत्राचार गरेर प्रतिवादीलाई पक्राउ गरेर बुझाउन भनेको थियो।
११ माघ मा हेटौँडा उपमहानगरपालिका-१९ नेवारपानीमा एम्बुलेन्सलाई चेकजाँच गर्दा ३० किलो ६०० ग्राम गाँजा र नेपाली ९१ हजार तथा भारतीय दुई हजार २०० रूपैयाँसमेत बरामद भएको थियो।
रौतहटको डुमरिया स्वास्थ्य चौकीको बा २ झ १७४९ नम्बरको सरकारी एम्बुलेन्समा उक्त गाँजा बरामद भएको थियो। मकवानपुर प्रहरीले एम्बुलेन्समा चालकसहित तीनजनालाई पक्राउ गरेको थियो। प्रहरीले चालक महम्मद खलिद तथा अशोक कुमार र भारत बिहारका विनोद सहनीलाई नियन्त्रणमा लिएको थियो।
पक्राउ परेका विनोद सहनीले अदालतमा ईशनाथ नगरपालिकाका मेयर मेहता र उनका भाईकै संलग्नता रहेको भन्ने बयान दिएपछि अदालतले उनीहरूलाई पनि पक्राउ गर्न अनुमति दिएको थियो।
३ चैतमा भएको घटनामा पनि प्रहरीले जिल्ला अदालत रौतहटमा हिजो ३ वैशाखमा मुद्दा दायर गरिसकेको छ। उक्त घटनामा संलग्न रहेका भनिएका एकजना दिनेश यादवालई प्रहरीले पक्राउ गरिसकेको छ। अन्यको खोजी कार्य भइरहेको छ।
सांसद साहले २ नम्बर प्रदेशमा अपराध अनुसन्धानमा बेला बेलामा प्रभावित पार्ने गतिविधि गर्दै आइरहेको सुरक्षा स्रोत बताउँछ। साहको नाम यसअघि जनकपुरमा भएको काशी तिवारी हत्याकाण्डमासमेत मुछिएको थियो। तर, उनकाविरुद्ध किटानी जाहेरी नै परेको थिएन।
" /> काठमाडौं। रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा सदस्य एवं सत्तारूढ नेकपा प्रदेश-२ का अध्यक्ष प्रभु साहले आपराधिक मुद्दाको अनुसन्धानलाई प्रभाव पार्ने गरेर अभिव्यक्ति सार्वजनिक गरेका छन्।

">