पछिल्लो महीना अस्पतालको बेडमा पल्टिरहँदा माधवी अयाले आफूलाई के भइरहेछ भन्ने बुझिन्।
उनी भारतमा डाक्टर थिइन्। अमेरिका पुगेपछि चिकित्सक सहयोगी बनिन्। उनले ब्रुकलिनको सामुदायिक अस्पताल ‘वुडहुल मेडिकल सेन्टर’ मा १२ वर्षसम्म काम गरिन्। त्यही अस्पतालमा उनले कोरोना भाइरसले शहरमा निर्दयी यात्रा गरिरहेको देखिन्।
स्याहारकर्ताको रूपमा आफ्नो अन्तिम सिफ्टमा अया आफैं बिरामी परिन्। उनले वुडहुलको आकस्मिक कक्षमा काम गरेकी थिइन्। आवश्यकताभन्दा कम स्टाफ भएको उक्त कक्षमा उनले मेडिकल हिस्ट्री लिने, टेस्टको लागि सिफारिस गर्ने र लक्षणहरूको रेकर्ड राख्ने गर्थिन्। र, उनी आफै संक्रमित भइन्।
दुई माईलभन्दा कमको दूरीमा रहेको ‘लंग आइल्याण्ड’मा उनका पति र १८ वर्षे छोरी थिए। तर, अस्पतालको बेडमा ६१ वर्षे अया एक्लै थिइन्। उनको परिवारका सदस्यले भेट्न सक्दैनथे। उनले आफ्ना सहकर्मीको सान्त्वना पनि पाइनन्। उनलाई घर नजिकैको अर्कै ठाउँमा भर्ना गरिएको थियो। परिवारलाई पठाएको एसएमएसमा उनले आफ्नो छातीमा भएको असह्य पीडा बताएकी छन्।
‘मेरो स्वास्थ्यमा कुनै सुधार भइरहेको छैन’, २३ मार्चमा उनले आफ्नो श्रीमान् राजलाई लेखेकी छन्।
उनको स्वास्थ्य जटिल भएपछि एसएमएस आउने क्रम पातलिँदै गयो।
‘म तपाईंलाई मिस गरिरहेछु ममी’, उनकी छोरी मिन्नोलीले २५ मार्चमा लेखिन्। उनले आमाको आलिंगनको याचना गर्दै लेखेकी छन्, ‘कृपया आशा नगुमाउनुस्, किनभने मैले हरेस खाएकी छैन। मलाई तपाईं चाहिन्छ ममी। मेरा लागि पनि तपाईं स्वस्थ भएर घर आउनुपर्छ।’
‘लभ यु’, अर्को दिन अयाले जवाफमा यत्ति लेखिन्।
‘ममी जसरी पनि आउनुस्।’
छोरीको अनुरोध अयाले कबुल गर्न सकिनन्।
अमेरिकामा अघिल्लो पंक्तिमा बसेर काम गर्ने स्वास्थ्यकर्मीहरू अहिले कोरोना भाइरस संक्रमणको उच्च जोखिममा छन्। उनीहरूमध्ये धेरैजना संक्रमित पनि भइरहेछन्। तर, कोभिड–१९ का रोगीसँग सम्पर्कमा आएपछि कतिजनाको निधन भयो भन्ने यकिन तथ्यांक भने छैन।
स्वास्थ्य स्याहार प्रणालीले यी स्वास्थ्यकर्मीहरूको परिचय सार्वजनिक गरेको छैन। त्यसरी निधन हुनेहरूमध्ये म्यानहटनको ‘माउन्ट सिनाई वेस्ट’ की नर्स म्यानेजर किउस केले पनि छिन्। सेन्ट बर्नबस हस्पिटलका सर्जन डा. रोनाल्ड भेरर छन्। त्यस्तै कोरोना भाइरस संक्रमितसँग नजिक सम्पर्कमा रहेका विभिन्न अस्पतालका डाक्टर, नर्स र अन्य स्टाफहरूको पनि निधन भएको उनीहरूका परिवारजन र सहकर्मीले बताएका छन्।
अयाका एसएमएस र उनका परिवारजनको भनाइबाट उपचारमा खटिएकी एक महिला कोभिड–१९ का बिरामीसँग नजिकिँदा शिकार बन्न पुगिन् भन्ने उजागर हुन्छ। शुरूमा त उनी घरमै क्वारेन्टाइनमा थिइन् र उनलाई मध्यम खालको संकेत देखा परेको थियो। तर, एकदमै छिटो बिमारी बढ्दै गयो। विडम्बना त के भने अस्पतालको बेडमा एक्लै मृत्युवरण गरिरहँदासम्म उनले स्याहारको लामो प्रतीक्षा गरिरहेकी थिइन्।
“हामीलाई चाहिँदा उनी जहिल्यै उपस्थित भइरहिन्”, उनका श्रीमानले भने, “तर उनी बिरामी हुँदा उनको छेउमा कोही पनि भएन।”
सन् १९९४ मा अया आफ्ना श्रीमान्लाई भेट्न अमेरिका पुगेकी थिइन्। उनका श्रीमान् एक दशक पहिला अमेरिका पुगेका थिए र भारत फर्केको बेला उनीसँग भेट भएको थियो। सन् २००८ मा उनले वुडहुलमा काम गर्न शुरू गरिन् र वरिष्ठ चिकित्सक सहयोगी भइन्। उनका सहकर्मीका अनुसार उनले आफूभन्दा कनिष्ठ सहकर्मीहरूलाई अनुभव हासिल गर्न सहयोग गर्थिन्। भारतमा उनले एनेस्थोलोजिस्ट र इन्टर्निस्टको प्रमाणपत्र हासिल गरेकी थिइन्।
‘यो हाम्रो लागि ठूलो क्षति हो’ वुडहुलको आकस्मिक विभागका निर्देशक डा. रोबर्ट चिनले १ अप्रिलमा पठाएको आन्तरिक ईमेलमा लेखेका छन्। उक्त ईमेलमा उनले अयाको परिवारका लागि सहयोग जुटाउन अनुरोध गरेका छन् किनकी अयाको परिवारमा कमाउने उनी मात्र थिइन्।
न्यूयोर्कमा महामारी फैलिन थालेपछि अरू अस्पतालमा जस्तै वुडहुलमा पनि एउटा वार्डलाई कोभिड–१९ का बिरामीको उपचारका लागि तयार पारिएको थियो। अस्पतालमा भेन्टिलेटर, स्वास्थ्यकर्मीहरूलाई पीपीई र अन्य सामग्रीको अभाव भएपछि अस्पतालले अरू मेडिकल सेन्टरहरूलाई सहयोगका लागि अनुरोध गरेको थियो।
अयाको निधन हुने हप्ता वुडहुलको आकस्मिक कक्षमा मात्र २० जना बिरामी भेन्टिलेटरमा थिए।
वुडहुलकै अर्का जागिरेको पनि कोभिड–१९ कै कारण निधन भएको छ। उनी रेडियोलोजी विभागका क्लर्क थोमस सोटो हुन्। ५९ वर्षीय सोटोको लक्षण देखिएको १२ दिनपछि निधन भएको थियो। उनले दशकौंदेखि उक्त अस्पतालमा काम गरिरहेका थिए। “पूर्ण पेन्सन पाउनका लागि मेरा बुबाले यो एक वर्ष अतिरिक्त काम गर्नुभएको थियो र यसैका कारण मैले उहाँलाई गुमाए”, उनका जेठा छोराले रूँदै भने।
वुडहुलमा पहिले प्रहरी अधिकारी रहेका ३५ वर्षीय हर्ब ए. होउछेन पनि कोभिड–१९को बिरामीको रूपमा फर्किए। उनको पनि निधन भयो। उनले अस्पतालमा पाँच वर्ष काम गरेका थिए। उनको ११ वर्षीया छोरी छिन्।
अयाकी छोरी मिन्नोली आफ्नो पीडा अविश्वासमा फेरिएको बताउँछिन्। उनले आफू पनि डाक्टर बन्ने योजना बनाइरहेकी थिइन्। तर, अहिले उनलाई स्वास्थ्य स्याहार प्रणालीसँग रिस उठिरहेको छ। यसले अघिल्लो पंक्तिका स्वास्थ्यकर्मीको सुरक्षा गर्नेमा उनलाई विश्वास छैन। कहिलेकाहीँ त उनलाई आमाले उपचार गर्न छोडेर घर नआएकोमा रिस उठ्छ।
अया कसरी संक्रमित भइन् भनेर पत्ता लगाउने कुनै उपाय छैन। अयाका एकजना सहकर्मीले बताए अनुसार वुडहुलमा मार्चको शुरूमा अघिल्लो पंक्तिमा काम गर्ने स्वास्थ्यकर्मीलाई सबै बिरामीको जाँचमा मास्क लगाउन अनिवार्य गरिएको थिएन। संकट बढ्दै गएपछि अस्पतालले अरू नै समस्या लिएर आएका बिरामीमा पनि भाइरस संक्रमण भएको हुन सक्ने जोखिम महसुस गर्यो।
१७ मार्चमा वुडहुलको अस्पताल प्रशासनले आकस्मिक विभागमा काम गर्ने सबैलाई सबै बिरामीको उपचार गर्दा मास्क लगाउन अनिवार्य गर्यो।
अया अस्पतालमै निकै व्यस्त रहन्थिन्। उनका श्रीमानले उनलाई प्रायः बिहान ६ बजे नै काममा पुर्याउँथे र १२ घण्टापछि लिन पुग्थे ताकि उनले कारमै आराम गर्न पाउन्।
“हामीले सबैभन्दा पहिला बिरामीलाई ध्यान दिनुपर्छ”, उनले प्रायः भन्थिन्।
महामारी फैलिन शुरू भएपछि अया कतै आफूले घरमा संक्रमण ल्याउँछु कि भनेर चिन्तित हुने गर्थिन्। उनका ६४ वर्षीय श्रीमानको सन् २०१७ मा मुटुको शल्यक्रिया भएको थियो। त्यस्तै उनकी ८६ वर्षे आमा मालती मसरानीलाई पछिल्लो वर्ष हृदयाघात भएको थियो।
उनका श्रीमानले बताएअनुसार १२ मार्चको अन्तिम सिफ्ट सकेपछि उनले खोक्न शुरू गरेकी थिइन्। अर्को साँझ उनले अयालाई वुडहुलमा जाँच गराउन लगेका थिए। केही घण्टापछि उनको जाँच सकिएको थियो। त्यसपछि उनले घर ल्याएका थिए।
केही दिनसम्म उनी घरमै क्वारेन्टाइनमा बसिन्। उनलाई अरू कुनै स्वास्थ्य समस्या थिएन। तर, उनको खोकी बढ्दै गयो। ज्वरो पनि बढ्न थालेपछि १८ मार्चको दिउँसोपख अयाका श्रीमानले घर नजिकैको ‘लंग आइल्याण्ड ज्युज मेडिकल सेन्टर’मा लगे। त्यसपछि उनले आफ्नी श्रीमतीलाई कहिल्यै भेट्न पाएनन्।
अस्पतालको पार्किङमा बसेर उनले डेढ घण्टासम्म अयालाई छातीको एक्स-रे भयो कि भएन भनेर एसएमएस गरिरहे।
‘तिमी घर जाऊ। मैले फोन गर्नेछु’, उनले जवाफ दिइन्।
अर्को दिनको बिहान ४ः४७ मा अयाले एमएमएसमा आफूले अहिले पनि बिस्ताराको लागि कुरिरहेको बताइन्। अयाको श्रीमानले कफी ल्याइदिम् भनेर सोधेका पनि थिए। उनले पर्दैन भनिन्। र, केहीबेरमा आफूलाई कोरोना भाइरसको संक्रमण भएको पुष्टि भएको बताइन्।
उनीहरूले फोनमा कुरा गरिरहे। उनले आफ्नी आमाको स्याहार गर्न र छोरीलाई स्कुलबाट ल्याउन भनिन्। अर्को दिन बुफालो विश्वविद्यालयबाट मिन्नोली अया फर्किइन्। उनलाई आमालाई न्युमोनिया भएको होला भन्ने लागिरहेको थियो, तर घर आएपछि उनले कोरोना भाइरस संक्रमण भएको थाहा पाइन्।
अर्को हप्तासम्म उनले आफ्नो आमालाई एसएमएस गरिरहिन्। डाक्टरहरूले अयाका श्रीमानलाई हरेक दिन फोनमा उनको स्वास्थ्य अवस्थाबारे जानकारी गराइरहन्थे। हप्ताको अन्तिमतिर उनलाई सास फेर्न निकै नै गाह्रो हुन थालेको थियो।
२९ मार्चको बिहान डाक्टरहरूले अयालाई भेन्टिलेटरमा राख्ने तयारी गरिरहेका थिए। तर, त्यहाँबाट फर्किने ग्यारेन्टी थिएन। त्यसैले डाक्टरहरूले अयाका श्रीमानलाई श्रीमतीलाई भेट्छौ कि भनेर सोधे किनभने त्यो अन्तिम भेट पनि हुन सक्थ्यो। तर आफ्नो मुटुको अवस्थाका कारण भाइरसको संक्रमण छिटै हुने र मिन्नोली अभिभावकविहीन हुने खतरा भएकाले उनले अस्वीकार गरे। त्यही दिनको दिउँसोपख अस्पतालले उनको निधन भएको खबर गर्यो।
मिन्नोली, उनका पिता र हजुरआमाले अँगालो हालेर रून पनि पाएनन्। एउटै घरमा बस्ने भए पनि उनीहरूले ६ फिटको दूरी कायम गर्नुपर्यो। उनीहरूले अयाको अन्त्येष्टि समारोह पनि गरेनन् किनभने कोही पनि आउनेवाला थिएन र उनीहरूले अयाको शरीर देख्न पाउने पनि थिएनन्। उनीहरूले उनको दाहसंस्कार हुने निर्णय गरे।
आमाको निधनपछि पनि मिन्नोलीले भने एसएमएस पठाउन छोडिनन्। ‘आई मिस यु’, त्यो रात सुत्नुभन्दा पहिले उनले एसएमएस गरिन्। अर्को बिहान उठेपछि मिन्नोलीले फेरि एसएमएस गरिन्, ‘मेरो सपनामा आएकोमा धन्यवाद ममी।’
अयाका पतिलाई अहिले छोरीको चिन्ता लागेको छ। उनले श्रीमतीको निधन भएपछि मिन्नोलीलाई थेरापिस्टसँग भिडिओमा कुराकानी गर्ने व्यवस्था मिलाएका छन्। तर, उनले यसको खर्च कतिन्जेल धान्न सक्छन् थाहा छैन। किनभने उनीहरूको परिवार नै अयाको कमाइमा धानिएको थियो।
अयाको निधन भएको हप्ता बित्न लाग्दा पनि मिन्नोलीले आमालाई एसएमएस पठाइरहेकी छन्।
‘ममी, कलेजमा एकदमै तनाव बढिरहेछ र अहिले म घरमा छु’, उनले आमाको निधन हुनुभन्दा तीन दिनअघि लेखेकी थिइन्, ‘खुशीको कुरा के हो भने म घरमा छु तर मलाई तपाईं चाहिएको छ। मलाई आशा छ तपाईंले डिनर खानुभयो। मैले तपाईंको निम्ति प्रार्थना गरिरहेछु।’
‘ध्यान देऊ (पढाइमा)’, अयाले जवाफ दिइन्।
‘गरिरहेछु तर मलाई तपाई घरमा चाहिएको छ।’
‘छिट्टै आउनेछु।’
‘म तपाईंलाई एकदमै माया गर्छु ममी।’
‘लभ यु।’
यी नै छोरीलाई अयाले पठाएका अन्तिम शब्द थिए।
(द न्यूयोर्क टाइम्समा ३ वैशाखमा प्रकाशित सामग्रीको अनुवाद लक्ष्मण श्रेष्ठले गरेका हुन्)
" /> पछिल्लो महीना अस्पतालको बेडमा पल्टिरहँदा माधवी अयाले आफूलाई के भइरहेछ भन्ने बुझिन्।उनी भारतमा डाक्टर थिइन्। अमेरिका पुगेपछि चिकित्सक सहयोगी बनिन्। उनले ब्रुकलिनको सामुदायिक अस्पताल ‘वुडहुल मेडिकल सेन्टर’ मा १२ वर्षसम्म काम गरिन्। त्यही अस्पतालमा उनले कोरोना भाइरसले शहरमा निर्दयी यात्रा गरिरहेको देखिन्।

">