स्वास्थ्य सामग्री लिएर नेपाल एअरलाइन्सको दुई वाइडबडी जहाज चीनबाट फर्किँदै
काठमाडौं। नेपाल वायु सेवा निगमको दुवै वाइडबडी जहाज स्वास्थ्य सामग्री लिएर आज चीनबाट फर्किँदैछ।
निजी क्षेत्रले खरीद गरेको स्वास्थ्य सामग्री लिन दुवै जहाज हिजो, ४ चैत साँझ चीनको गोन्जाओतर्फ उडेको थियो।
दुवै विमान आज बिहान काठमाडौं फर्किने उडान तालिका रहेको छ।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले निगमका विमान कार्गो चार्टर्ड गरेका हुन्।
प्ल्यास फ्रेट लजिस्टिकले २ वैशाखका लागि बुकिङ गरेको उडान निगमले प्रक्रिया पूरा नगर्दा उडान भर्न सकेको थिएन।
तर, निगमले समयमा प्रक्रिया पूरा नगरेकाले सामान ल्याउन नसकिएको प्ल्यास फ्रेट लजिस्टिकले बताएको छ।
निजी अस्पताल र व्यापारिक कम्पनीले स्वास्थ्य सामग्री ल्याउन बुकिङ गरेको प्ल्यास फ्रेट लजिस्टिककी प्रमुख कार्यकारी अधिकृत अरुणा सिग्देलले बताइन्।
निगमले यसअघि पनि तीनपटक काठमाडौं-गोन्जाओ कार्गो चार्टर्ड उडान गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्