कोरोना भाइरस संक्रमणबाट पाल्पाका भूपू गोर्खा सैनिकको बेलायतमा मृत्यु
काठमाडौं। कोभिड-१९ बाट लण्डनको न्यू माल्डेनमा बस्दै आएका पूर्वगोर्खा सैनिक ७५ वर्षीय धनवीर थापामगरको मृत्यु भएको छ।
थापालाई भेन्टिलेटरमा राखी उपाचार गराइएको थियो।
पाल्पा स्थायी घर भएका उनी पछि बुटवल सरेका थिए।
पहिलेदेखि पिसाबथैलीको र उच्चरक्तचापका बिरामी रहेका थापालाई ज्वरोसमेत देखिएपछि अस्पताल भर्ना गरिएको पाल्पा जिल्ला समाजका अध्यक्ष बाचस्पति रेग्मीले बताए।
अनुसार सन् २००९ देखि उनी श्रीमतीसहित बेलायतमा बस्दै आएका थिए। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्