स्वास्थ्य सामग्री लिएर चीनको गोन्जाओबाट काठमाडौं आइपुग्यो दुई वाइडबडी विमान
काठमाडौं। नेपाल एअरलाइन्सका दुईवटा वाइडबडी विमान चीनको गोन्जाओबाट स्वास्थ्य सामग्री लिएर काठमाडौं फर्किएको छ।
एउटा बिहान ७ र अर्को विमान ७ बजेर १५ मिनेटमा काठमाडौं विमानस्थल अवतरण गरेका हुन्।
कोभिड-१९ को रोकथाम तथा उपचारका लागि निजी क्षेत्रले खरीद गरेको सामग्री लिन निगमका दुई जहाज हिजो साँझ चीनको गोन्जाओतर्फ उडेको थियो।
निगमकी प्रवक्ता अर्चना खड्काका अनुसार प्ल्यास फ्रेट लजिस्टिक र सिल्क फ्रेटले निगमका विमान कार्गो चार्टर्ड गरेका हुन्।
प्ल्यास फ्रेट लजिस्टिकले २ वैशाखका लागि बुकिङ गरेको उडान निगमले प्रक्रिया पूरा नगर्दा उडान भर्न सकेको थिएन।
निगमले यसअघि पनि स्वास्थ्य सामग्री ल्याउन तीनपटक काठमाडौं-गोन्जाओ कार्गो चार्टर्ड उडान गरिसकेको छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्