बेलायतमा कोभिड-१९ का मृतक पुरुष बढी <p>लन्डन। बेलायतका इंग्ल्यान्ड र वेल्समा गत मार्चमा कोभिड-१९ का कारण महिलाभन्दा बढी संख्यामा पुरुषको मृत्यु भएको छ। ओएनएस स्टाटिस्टिक्सका अनुसार मृतक पुरुषको संख्या महिलाको तुलनामा दोब्बर छ।</p> <p>बीबीसीका अनुसार उमेर, लिंग, पूर्वावस्थालगायत विस्तृत विश्लेषण गरिएको तथ्यांकबाट उक्त तथ्य बाहिर आएको हो। वृद्धावस्थाका उमेर समूहमध्ये ८० देखि ८४ वर्षका पाँचजनाको मृत्यु भएको थियो।</p> <p>यस्तै, मृतकमध्ये ८५ देखि ८९ वषएका १८ प्रतिशत थिए। १६ प्रतिशत मृतक ७५ देखि ७९ र ९० वर्षभन्दा माथिका व्यक्ति थिए। १४ वर्षभन्दा कम उमेरका कसैको पनि मृत्यु भएको छैन।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्