कोभिड-१९ का कारण चीनको जीडीपीमा ७ प्रतिशतको गिरावट
<p>बेइजिङ। कोभिड-१९ को महामारीका कारण चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)मा उल्लेख्य गिरावट आएको छ।</p>
<p>सरकारी तथ्यांकअनुसार सन् २०२० को पहिलो त्रैमासिकमा जीडीपीमा ६ दशमलव आठ प्रतिशत गिरावट देखिएको हो।</p>
<p>तीन दशकयता पहिलोपटक चीनको अर्थतन्त्रमा यति ठूलो परिमाणमा गिरावट देखिएको हो। बीबीसीका अनुसार चीन सरकारले आज बिहान सार्वजनिक गरेको तथ्यांकबाट जीडीपीमा गिरावट देखिएको हो।</p>
प्रतिक्रिया दिनुहोस्