कोभिड-१९ परीक्षणको दुई वटा प्रयोगशाला हुँदा पनि काठमाडौं नमूना पठाउँदै सुदूरपश्‍चिम प्रदेश
कैलाली। कोभिड-१९ को परीक्षणका लागि धनगढीमै दुई वटा प्रयोगशाला स्थापना भएपनि नमूना भने काठमाडौंमा पठाउनुपर्ने बाध्यता भने कायमै छ।
सेती प्रादेशिक अस्पतालको प्रयोगशाला एक घण्टामा एकजनाको नमूना परीक्षण गर्न सकिने क्षमताको छ।
त्यस्तै पशु अन्वेषण प्रयोगशालामा जडान गरिएको आरटीपीसीआर मेसिनमार्फत् तीन घण्टामा ९६ जनाको नमूना परीक्षण गर्न सकिने भनिएको थियो।
आरटीपीसीआरबाट नमूना परीक्षण थालिएसँगै सेती प्रादेशिक अस्पतालको प्रयोगशाला भने बन्द छ।
प्रदेश जनस्वास्थ्य प्रयोगशालाकी निमित्त प्रमुख अस्मिता सापकोटाले पशु अन्वेषण प्रयोगशालामा पनि अहिले क्षमता अनुसार परीक्षण हुन नसकेको बताइन्।
उनका अनुसार अहिले संचालनमा रहेको  पशु अन्वेषण प्रयोगशालाको आरटीपीसीआर मेसिनमा ६ दिनमा १४६ जनाको मात्रै थ्रोट स्वाब नमूना परीक्षण गरिएको छ।
नमूना पर्याप्त संकलन गर्न नसक्दा परीक्षणको दायरा बढाउन नसकिएको र स्वाब राख्ने भाईरल ट्रान्सफर मिडिएटरको अभाव रहेको सापकोटाको भनाइ छ।
उनले भनिन्, "भाइरल ट्रान्सर्फर खरीदका लागि संघीय सरकारलाई आग्रह गरेका छौँ। प्रदेश सरकारले पनि खरीदको तयारी गरिरहेको जानकारी आएको छ।"
उपकरण मात्रै होइन दक्ष जनशक्तिसमेत पर्याप्त नहुँदा प्रयोगशालामा धेरै नमूना परीक्षण गर्न नसकिएको उनको गुनासो छ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्