म्याद नाघेको नुन बिक्री गर्ने जुम्लाको साल्ट ट्रेडिङ डिपो बन्द गराइयो

जुम्ला। जिल्ला प्रशासन कार्यालय, जुम्लाले साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेड, डिपो कार्यालय सिँजा बन्द गराएको छ।

२८ चैतमा डिपोबाट खरीद गरिएको आयोडिन नुन हिमा गाउँपालिकाले वितरण गर्दा म्याद नाघेको फेला परेको थियो।

नुनको गुणस्तर सम्बन्धमा डिपोले जवाफ नदिएको र नागरिकको जनस्वाथ्यमा खेलबाड गरेको भन्दै प्रशासनले अर्को आदेश नभएसम्म गोदाममा रहेको नुन बिक्रीवितरण नगर्न भनेको छ।

इलाका प्रशासन कार्यालय, नराकोटका कामु कार्यालय प्रमुख मधुशंकर उपाध्याय, सिंजा गाउँपालिका- ३ का वडाध्यक्ष तिलाचन्द्र चौलागाईँ, प्रनानि भूपेन्द्रबहादुर शाही तथा सिँजा-३ का रतनबहादुर शाही, प्रेमप्रसाद उपाध्याय र सन्तोष धितालको रोहवरमा डिपो भवन सिल गर्नुका साथै

त्यहाा ४८ बोरा नुन मौज्दात छ। रासस

प्रतिक्रिया दिनुहोस्