बेलायतमा कोभिड-१९ बाट गर्भवती नर्सको मृत्यु, शिशु सकुशल

लन्डन। बेलायतमा कोभिड-१९ पोजिटिभ देखिएकी एक नर्सको मृत्यु भएको छ।

बेलायतको राष्ट्रिय स्वास्थ्य सेवा विभागका अनुसार उनले जन्म दिएकी नवजात शिशु भने सकुशल छन्।

मेरी एगिवा अग्यापोङ नामकी ती नर्स लन्डनको लुटन एन्ड डन्स्टेबल युनिभर्सिटी हस्पिटलमा पाँच वर्षदेखि कार्यरत थिइन्।

कोभिड-१९ पोजिटिभ देखिएपछि उनलाई ७ अप्रिलमा अस्पताल भर्ना गरिएको थियो। २८ वर्षीया उनको उपचारकै क्रममा मृत्यु भएको हो।

सीएनएनका अनुसार बेलायमा हालसम्म २७ जना स्वास्थ्यकर्मीको कोभिड-१९ का कारण मृत्यु भइसकेको छ।

प्रतिक्रिया दिनुहोस्