भरतपुरमा कोभिड-१९ परीक्षण नतिजा शंकास्पद देखिएपछि आमाछोराको नमूना काठमाडौं पठाइयो
चितवन। कोभिड-१९ परीक्षणको क्रममा आमा-छोराको थ्रोट स्वाब नमूनाको नतिजा शंकास्पद आएपछि यकिनको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाइएको छ।
पीसीआर प्रविधिबाट गरिएको उनीहरूको कोभिड-१९ परीक्षण नतिजा शंकास्पद देखिएको भरतपुर अस्पतालले जनाएको छ।
उनी र उनका दुई छोरालाई सोही दिन भरतपुर अस्पतालको आइसोलेसनमा राखिएको थियो।
हिजो, ४ वैशाखमा गरिएको परीक्षणमा आमा र एक छोराको नमूना रिपोर्ट शंकास्पद पाइएको अस्पतालले जनाएको छ।
५ चैतमा उनीहरू बेलायतबाट हङकङ हुँदै नेपाल आएका हुन्।
निजहरु राप्ती नगरपालिकाका बासिन्दा भएको स्वास्थ्य कार्यालय चितवनले जनाएको छ। रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्