कांग्रेसले भन्यो- परीक्षणलाई व्यापक बनाऊँ
<p>काठमाडौं। प्रमुख प्रतिपक्षी दल कांग्रेसले कोरोना भाइरसको संक्रमण बढ्न नदिन अझ व्यापक स्तरमा परीक्षण बढाउन सरकारलाई आग्रह गरेको छ।</p>
<p>यस्तै, लकडाउन लम्बिँदै जाँदा सुकुम्बासी, श्रमिक, बेरोजगार र डेरामा बसेका विद्यार्थीलाई भोकमरीबाट बचाउन राहत वितरणलाई पनि व्यापकता दिन कांग्रेसले आग्रह गरेको छ।</p>
<p>आज विज्ञप्ति प्रकाशित गर्दै कांग्रेसले बाटोमा अलपत्र परेका नागरिकलाई सुरक्षित रूपमा गन्तव्यमा पुग्‍ने व्यवस्था मिलाउन पनि आग्रह गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्