काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो।
उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको समितिको आजको बैठकले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा अहिलेसम्म भइरहेको कामका बारेमा समीक्षा गर्नेछ।
यस्तै अत्यावश्क औषधी उपकरणको खरिद प्रक्रिया लगायत दैनिक उपभोग्य वस्तुको आपूर्ति र लकडाउनपछिको अवस्थाका बारेमा पनि छलफल गर्ने तय भएको छ।
मजदुर र विपन्न वर्गका व्यक्तिहरू सयौं किलोमिटर हिँडेरै गन्तव्यतर्फ गइरहेका पछिल्ला दृश्य र उनीहरूको सही व्यवस्थापनबारे पनि बैठकमा छलफल हुने बताइएको छ।
" /> काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठक आज बस्दैछ। दिउँसो २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा बैठक बस्न लागेको हो।उपप्रधान तथा रक्षामन्त्रीको संयोजकत्वमा रहेको समितिको आजको बैठकले कोभिड-१९ रोकथाम, नियन्त्रण र उपचारका सम्बन्धमा अहिलेसम्म भइरहेको कामका बारेमा समीक्षा गर्नेछ।

">