चीनले कोभिड-१९ का कारण वुहानमा मृत्यु भएकाको संख्या सच्यायो, एक हजार २९० जना मृतक थपिए
काठमाडौं। वुहानको कोभिड-१९ नियन्त्रण र रोकथाम ‘टास्क फोर्स’ ले तथ्यांक परिमार्जन गर्दै मृतकको संख्या ५० प्रतिशत बढि रहेको पाएको जनाएको छ। आजसम्म वुहानमा दुई हजार ५७९ जनाको मृत्यु भएको बताइएकोमा अब त्यहाँ मृतकको संख्या तीन हजार ८६९ पुगेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका छन्।

अस्पतालसम्म पुग्न नसकी मृत्यु भएका बिरामीको संख्या थपिएको, कतिपय ठाउँमा ढिलो, गलत र दोहोर्याएर बिरामी र मृतकको संख्या  टिपाइएको, बिरामीको उपचार गर्ने निजी, अस्थायी र अन्य अस्पतालबाट सूचना संकलन समयमा नभएको जस्ता कारणले मृतकको संख्या फेरिएको टास्क फोर्सले जनाएको छ। वुहानमा मृतकको संख्या एक हजार २९० थपिएको हो।

‘जनता र तिनको जीवन सबैभन्दा महत्वपूर्ण छ। महामारीमा समयमा गुमेका जीवन उनीहरूको परिवारका लागि मात्र दुस्ख कुरा होइन। हाम्रो शहरका लागि पनि उत्तिकै दुखद कुरा हो। महामारीमा जीवन गुमाएका व्यक्तिका परिवार, हाम्रा कमरेडहरू र  स्वास्थ्यकर्मीका परिवारलाई पनि हामी हार्दिक समवेदना प्रकट गर्न चाहन्छौं’ टास्क फोर्सले भनेको छ।

तीन हजार ८६९ जनाको मृत्यु भएको वुहान चीनमा कोभिड(१९ बाट सबैभन्दा धेरै क्षति भएको शहर हो। एक करोड १० लाख भन्दा बढी जनसंख्या भएको उक्त शहरमा संक्रमितको संख्यामा पनि ३२५ जना थप गर्दै ५० हजार ३३३ जना पुर्याइएको छ। यो संख्या चीनमा संक्रमित भएका ८२ हजार ३६७ को दुईतिहाई भन्दा बढी हो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्