श्रमिकहरूको खाने-बस्ने भरपर्दो व्यवस्था मिलाउन पूर्वश्रममन्त्री गोकर्ण विष्टको आग्रह
<p>काठमाडौं। पूर्वश्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले लकडाउनका कारण समस्यामा परेका श्रमिकहरुको खानपान र बसोबासको लागि सरकारको ध्यानाकर्षण गराएका छन्।</p>
<p>पूर्वमन्त्री विष्‍टले आफ्नो फेसबुक पेजमार्फत् जोखिमको क्षेत्रमा रहेका श्रमिकहरूको विवरण तयार गरी उनीहरूले काम गरिरहेका सम्बन्धित क्षेत्रलाई समेत जिम्मेवार बनाउन आग्रह गरेका छन्।</p>
<p>'श्रमिकहरूको बसोबास रहेको सम्बन्धित स्थानीय तहमार्फत् खाने-बस्‍ने कुराको भरपर्दो व्यवस्था मिलाउन र बाटोमा अलपत्र परेका श्रमिकहरूलाई सहयोगको उचित प्रबन्ध गर्न सरकारले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनु जरुरी छ', विष्टले भनेका छन्।</p>
<p>कोभिड-१९ को जोखिमबाट बच्‍न दैशैभर लागू गरिएको लकडाउनबाट दैनिक ज्यालामा गुजारा गर्ने श्रमिकहरू प्रत्यक्ष मारमा परेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्