काठमाडाैं। नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरू ठूलो मारमा परेको भन्दै उनीहरूका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।
आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिँडेरै आफ्नो घर पुगेका, कतिपय बाटोमा अलपत्र परेका र केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै तरुण दलले उनीहरूका लागि राहत तथा गन्तव्यसम्म पुग्नका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको हाे।
साथै तरुण दलले राजमार्गमा हिँडेर आफ्नो गन्तव्यमा गइरहेका मजदुरका लागि ठाउँ-ठाउँमा खाना, पानी र विश्रामस्थलको व्यवस्था गरी यात्रामा सहजता प्रदान गर्न मातहतका कार्यसमितिलाई आ-आफ्नो तर्फबाट सहयोग गर्न आग्रहसमेत गरेको छ।
विश्वव्यापी महामारीको रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन लागि जारी गरिएको लकडाउनलगायत रोकथामका अन्य कार्यमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस र सम्पूर्ण भातृ संगठनले सहयोग गरिरहेका बेला सरकार भने आफ्नो जिम्मेवारीबाट बिमुख देखिएको तरुण दलका अध्यक्ष जितजंग बस्नेतले आरोप लगाए।
तरुण दलले वर्तमान विषम परिस्थितिमा पर्याप्त सुरक्षाका सामग्रीको कमीका बाबजुद पनि अग्रपंक्तिमा रही काम गरिरहेका स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी, आपूर्तिकर्ता, एम्बुलेन्स चालक, फोहोर संकलकहरूको प्रशंसा गरेको छ। अध्यक्ष बस्नेतले यी वर्गका लागि आवश्यक पर्ने सुरक्षा साम्रगीसँगै थप सुविधा पनि चाँडो व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्। रासस
" /> काठमाडाैं। नेपाल तरुण दलले लकडाउनका समयमा दैनिक ज्यालादारी गरेर जीवन निर्वाह गर्ने मजदुरहरू ठूलो मारमा परेको भन्दै उनीहरूका निम्ति आवश्यक राहतको प्रबन्ध मिलाउन सरकारको ध्यानाकर्षण गराएको छ।आवश्यक राहतको अभावमा खान, बस्न समस्या भई कतिपय मजदुर हिँडेरै आफ्नो घर पुगेका, कतिपय बाटोमा अलपत्र परेका र केही कार्यस्थलमा नै कष्टपूर्ण जीवन बिताउन बाध्य भएको भन्दै तरुण दलले उनीहरूका लागि राहत तथा गन्तव्यसम्म पुग्नका लागि आवश्यक प्रबन्ध मिलाउन सरकारसँग माग गरेको हाे।

">