काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बालबालिकालाई लगाइने खोप सेवा प्रभावित भएको छ।

लकडाउनले आवागमन रोकिएपछि बालबालिकालाई नियमित खोप लगाउन स्वास्थ्य संस्थामा लैजान नसकिएको अवस्था छ। विभिन्न संक्रामक रोगबाट बच्नका लागि बालबालिकालाई लगाइने खोप अहिले देशैभर प्रभावित भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने नियमित खोप अत्यावश्यक सेवा अन्तर्गत पर्ने भएकाले खोप प्रभावित नहुने गरी काम गर्न देशैभरका स्वास्थ्य निकायलाई निर्देशन जारी गरिएको बताएको छ। “हामीले शिविर गर्ने, भीडभाड हुने गरेर काम नगर्न मात्रै भनेका छौं”, मन्त्रालयका सह–प्रवक्ता डा. समीर अधिकारीले भने, “खोप सेवा बन्द नै गर्न भनिएको छैन। नियमित सेवा दिन नै भनेका हौं।”

उनले देशैभर खोप सेवा प्रभावित भइरहेको जानकारी आइरहेको भन्दै त्यसलाई कसरी नियमित गर्न सकिन्छ भन्नेबारे मन्त्रालयले सहजीकरण गरिरहेको पनि जानकारी दिए। मन्त्रालयले खोप सेवा नियमित राखिराख्न निर्देशन दिए पनि स्थानीय स्तरमा त्यसो भएको पाइँदैन।

लकडाउनका कारण मानिसहरू आफ्ना बच्चालाई खोप लगाउनका लागि स्वास्थ्य संस्था जान सकेका छैनन्। गएकाहरूले पनि सेवा लिन पाइरहेका छैनन्। सरकारले ११ चैतदेखि घोषणा गरेको लकडाउन १५ बैशाखसम्म कायम छ। स्वास्थ्य संस्थामा पनि चिकित्सिक र स्वास्थ्यकर्मीहरूले कोरोना भाइरसको जोखिम हुन सक्ने भन्दै खोप सेवा दिन नसकिएको बताउने गरेका छन्।

धनगढीका सतीश पाण्डेले भर्खरै जन्मिएको शिशुलाई खोप लगाउन पटक–पटक अस्पताल पुगे पनि बच्चालाई खोप लगाउन नपाइएको बताए। संक्रामक रोगबाट बच्न बालबालिकालाई लगाउने खोप नियमित हुन नसके त्यसले उनीहरुमा रोगहरूसँग लड्ने प्रतिरोधात्मक क्षमतामा कमी आउने स्वास्थ्यकर्मीहरु बताउँछन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, खोप महाशाखाका प्रमुख डा.झलक गौतमले अहिले कोभिड-१९ को संक्रमणबाट बच्न देशैभर दादुरा–रुबेला रोगविरुद्ध बालबालिकालाई लगाउने खोप अभियान मात्रै औपचारिकरूपमा रोकिएको बताए। उनले नियमित खोप सेवा प्रभावित नगर्न मन्त्रालय र महाशाखाले पनि देशैभर निर्देशन दिइसकेको भन्दै उक्त सेवा रोक्न नमिल्ने प्रष्ट पारे।

महाशाखाका अनुसार प्रत्येक वर्ष जन्मेदेखि १५ महीनाभित्रका करीब ६ लाख २० हजार बालबालिकालाई निःशुल्क खोप लगाउने गरिएको छ। भ्यागुते रोग, लहरे खोकी, टिटानस, हेपाटाइटिस बी, मेनिन्जाइटिस, निमोनिया, पोलियो लगायत ११ रोगसँग लड्न १५ महीनामुनिका बालबालिकालाई विभिन्न समयमा १२ वटा खोप लगाउने गरिन्छ।

" /> काठमाडौं। कोभिड-१९ रोकथाम तथा नियन्त्रणका लागि सरकारले गरेको लकडाउनका कारण बालबालिकालाई लगाइने खोप सेवा प्रभावित भएको छ।

"> लकडाउनले खोप सेवा रोकियो, करीब छ लाख बालबालिका प्रभावित: Dekhapadhi
लकडाउनले खोप सेवा रोकियो, करीब छ लाख बालबालिका प्रभावित

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्