काठमाडौं। ललितपुर महानगरपालिकाले क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउनका लागि आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा रहेको एकेडेमी भवन निरीक्षण गरेको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु श्रेष्ठसहितको टोलीले एकेडेमी भवनको निरीक्षण गरेको एन्फाले जनाएको छ। एन्फाले यसअघि नै सरकारलाई आफू मातहत रहेका भौतिक संरचनामा क्वारेन्टाइन तथा आइसोलसन कक्ष बनाउन सक्ने जनाएको थियो।  

‘‘आज महानगरपालिकाका प्रतिनिधिहरू आउनु भएको थियो। उहाँहरूले सातदोबाटोमा रहेको एन्फा होस्टेल निरीक्षण गरेर जानु भएको छ। अब कहिलेबाट कतिजना राख्ने भन्ने कुरा उहाँहरूले निर्णय गरिसक्नु भएको छैन’’, एन्फाका प्रवक्ता किरण राईले भने, ‘‘हामीले यसअघि नै हामी मातहत रहेका भौतिक संरचना प्रयोग गर्न सकिने भनेका थियौं। त्यसैले उहाँहरूले आज निरीक्षण गर्नुभएको हो।’’

एन्फाले यसअघि ललितपुर महानगरपालिकालाई दुईवटा एम्बुलेन्स प्रयोग गर्न दिएको थियो। त्यस्तै प्रदेश २ को रौतहटस्थित एन्फा महिला एकेडेमी पनि क्वारेन्टाइनका लागि स्थानीय सरकारलाई दिएको थियो।

" /> काठमाडौं। ललितपुर महानगरपालिकाले क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउनका लागि आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा रहेको एकेडेमी भवन निरीक्षण गरेको छ।

ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु श्रेष्ठसहितको टोलीले एकेडेमी भवनको निरीक्षण गरेको एन्फाले जनाएको छ। एन्फाले यसअघि नै सरकारलाई आफू मातहत रहेका भौतिक संरचनामा क्वारेन्टाइन तथा आइसोलसन कक्ष बनाउन सक्ने जनाएको थियो।  

‘‘आज महानगरपालिकाका प्रतिनिधिहरू आउनु भएको थियो। उहाँहरूले सातदोबाटोमा रहेको एन्फा होस्टेल निरीक्षण गरेर जानु भएको छ। अब कहिलेबाट कतिजना राख्ने भन्ने कुरा उहाँहरूले निर्णय गरिसक्नु भएको छैन’’, एन्फाका प्रवक्ता किरण राईले भने, ‘‘हामीले यसअघि नै हामी मातहत रहेका भौतिक संरचना प्रयोग गर्न सकिने भनेका थियौं। त्यसैले उहाँहरूले आज निरीक्षण गर्नुभएको हो।’’

एन्फाले यसअघि ललितपुर महानगरपालिकालाई दुईवटा एम्बुलेन्स प्रयोग गर्न दिएको थियो। त्यस्तै प्रदेश २ को रौतहटस्थित एन्फा महिला एकेडेमी पनि क्वारेन्टाइनका लागि स्थानीय सरकारलाई दिएको थियो।

"> एन्फाको होस्टेललाई क्‍वारेन्टाइन बनाउने तयारी: Dekhapadhi
एन्फाको होस्टेललाई क्‍वारेन्टाइन बनाउने तयारी <p style="text-align:justify">काठमाडौं। ललितपुर महानगरपालिकाले क्वारेन्टाइन तथा आइसोलेसन कक्ष बनाउनका लागि आज सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) को मुख्यालयमा रहेको एकेडेमी भवन निरीक्षण गरेको छ।</p> <p style="text-align:justify">ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु श्रेष्ठसहितको टोलीले एकेडेमी भवनको निरीक्षण गरेको एन्फाले जनाएको छ। एन्फाले यसअघि नै सरकारलाई आफू मातहत रहेका भौतिक संरचनामा क्वारेन्टाइन तथा आइसोलसन कक्ष बनाउन सक्ने जनाएको थियो। &nbsp;</p> <p style="text-align:justify">&lsquo;&lsquo;आज महानगरपालिकाका प्रतिनिधिहरू आउनु भएको थियो। उहाँहरूले सातदोबाटोमा रहेको एन्फा होस्टेल निरीक्षण गरेर जानु भएको छ। अब कहिलेबाट कतिजना राख्ने भन्ने कुरा उहाँहरूले निर्णय गरिसक्नु भएको छैन&rsquo;&rsquo;, एन्फाका प्रवक्ता किरण राईले भने, &lsquo;&lsquo;हामीले यसअघि नै हामी मातहत रहेका भौतिक संरचना प्रयोग गर्न सकिने भनेका थियौं। त्यसैले उहाँहरूले आज निरीक्षण गर्नुभएको हो।&rsquo;&rsquo;</p> <p style="text-align:justify">एन्फाले यसअघि ललितपुर महानगरपालिकालाई दुईवटा एम्बुलेन्स प्रयोग गर्न दिएको थियो। त्यस्तै प्रदेश २ को रौतहटस्थित एन्फा महिला एकेडेमी पनि क्वारेन्टाइनका लागि स्थानीय सरकारलाई दिएको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्