कैलाली। संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौंबाट पठाएको ३३ जना चिकित्सकको टोली धनगढी पुगेको छ।
संक्रमित र अन्य बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पठाएको ३३ जना चिकित्सकको टोली आज दिउँसो यति एअरलाइन्स्को जहाजमार्फत् धनगढी पुगेको हो।
स्वास्थ्य मन्त्रालयले उनीहरूलाई धनगढी पठाएसँगै सामाजिक विकास मन्त्रालयले आवश्यकताको आधारमा उनीहरूलाई विभिन्न जिल्लामा खटाउने प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डाक्टर गुणराज अवस्थीले बताए।
उनले सेती प्रादेशिक अस्पताल लगायत आवश्यक परे अन्य अस्पतालहरूमा समेत खटाइने बताए।
" /> कैलाली। संघीय सरकारले सुदूरपश्चिम प्रदेशमा कोरोना सङ्क्रमितको संख्या बढेपछि काठमाडौंबाट पठाएको ३३ जना चिकित्सकको टोली धनगढी पुगेको छ।संक्रमित र अन्य बिरामीको उपचारका लागि स्वास्थ्य तथा जनसङख्या मन्त्रालयले पठाएको ३३ जना चिकित्सकको टोली आज दिउँसो यति एअरलाइन्स्को जहाजमार्फत् धनगढी पुगेको हो।

">