काठमाडाैं। काठमाडौं महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना भाइरस परीक्षण जारी राखेको जनाएको छ।
हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र तीमध्ये सबैको नतिजा नेगेटिभ आएको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार महानगरले सबै वडामा कोभिड–१९ को परीक्षण जारी राखेको छ।
अघिल्लो हप्ता विदेशबाट आएकाको तथ्याङ्क लिइसकेको महानगरले कोरोना भाइरसको परीक्षण पनि शुरू गरेको हो। सनसिटी अपार्टमेन्टमा बस्ने दुईजनालाई कोरोना भाइरस पोजेटिभ देखिएपछि काठमाडाैं महानगरले परीक्षण शुरू गरेको हो।
महानगरकाे जनस्वाथ्य महाशाखाको पहलमा स्वास्थ्य स्वयंसेविकाहरूको टोलीलाई घर-घरमा पठाएर विदेशबाट आएकाको विवरण सङ्कलन गरिएको थियो।
महानगरका प्रमुख विद्यासुन्दर शाक्यले विदेशबाट आएका, उनीहरूको सम्पर्कमा रहेका र कोरोना भाइरसको लक्षणको आशंका भएका व्यक्तिलाई सम्बन्धित वडामा सम्पर्क गर्न अनुरोध गरे। “यसो भयो भने आफू सुरक्षित छु भन्ने ढुक्क हुन्छ। छिमेकलाई पनि ढुक्क हुन्छ”, उनले भने। रासस
" /> काठमाडाैं। काठमाडौं महानगरपालिकाले विभिन्न मुलुकबाट स्वदेश फर्किएकाको कोरोना भाइरस परीक्षण जारी राखेको जनाएको छ।हालसम्म वडा नम्बर ४ र ५ का गरी ९८ जनाको परीक्षण सम्पन्न भएको र तीमध्ये सबैको नतिजा नेगेटिभ आएको महानगरका प्रवक्ता ईश्वरमान डङ्गोलले जानकारी दिए। उनका अनुसार महानगरले सबै वडामा कोभिड–१९ को परीक्षण जारी राखेको छ।

">