काठमाडौं । दक्षिणी मेक्सिकोको एक नगरमा मंगलबार मेक्सिको सेना र अज्ञात हतियारधारीबीच भएको गोली हानाहानमा परी कम्तीमा पनि १५ जनाको मृत्यु भएको छ । मेक्सिकोको दक्षिणी राज्य गुरेरोमा सो हमला भएको थियो । त्यहाँ दुवै पक्षबीच गोली हानाहान भएको र त्यसमा परी १५ जनाको ज्यान गएको सुरक्षा अधिकृतहरुले जनाएका छन् ।
गुरेरो राज्यको सुरक्षा निकायका प्रवक्ता रोबेटो अलभेरेज हरेदियाका अनुसार मङ्गलबार अपरान्ह ५ बजे सो घटना भएको हो । सुरक्षा अधिकारीले मारिने १५ जनामा सुरक्षाकर्मी र हतियारधारी को हुन् भन्ने बारेमा भने केही खुलाएका छैनन् ।
हरेदियाले सुरक्षागस्तीमा खटेका सुरक्षाकर्मीहरुमाथि सशस्त्र समूहका सदस्यहरुले आक्रमण गरेको बताएका छन् । उक्त राज्यको पश्चिमी नगर आउगनियामा केही दिन मात्र अघि भएको हमलामा कम्तीमा पनि १३ जना प्रहरी अधिकृत मारिएका थिए ।
गुरेरो मेक्सिकोमा हिंसात्मक घटनाहरु हुनेमध्येको सबैभन्दा जोखिममा रहेको राज्य हो । यहाँ कम्तीमा पनि २० वटा सशस्त्र समूहले यस्तो हिंसात्मक हमला गर्ने गरेका बताइन्छ । उक्त राज्यमा लागूऔषधका कारोबारीहरु अरु राज्यको तुलनामा बढी नै रहेका पनि सुरक्षाकर्मीहरुले जानकारी दिएका छन् । सोही कारण उक्त राज्यमा सुरक्षाकर्मीहरुमाथि हमला हुने घटनाहरु प्रायः भइरहेका हुन्छन् ।रासस