काठमाडौं। लण्डनबाट आएको टीटान एअरवेजको जहाजमा आज २२८ जना वेलायती नागरिक स्वदेश फर्केका छन्। वेलायतले दोस्रो पटक चार्टर्ड जहाज पठाएर आफ्ना नागरिक स्वदेश लगेको हो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टीटान एअरवेजको जहाज २:५० मा कतारको दोहातर्फ प्रस्थान गरेको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए। दोहामा इन्धन भरेर उक्त जहाज लण्डन जाने उडान तालिका छ।
आज वेलायत गएका २२८ जनामध्ये १८८ जना वेलायती नागरिक हुन् भने ४० जना वेलायतको स्थायी बसोबास अनुमति लिएका नेपाली मुलका वेलायती हुन्।
यसअघि, २६ चैतमा पनि टीटान एअरवेजको जहाज नेपाल आएर २५२ जना वेलायती नागरिक लिएर गएको थियो।
आजको उडानमार्फत नेपालस्थित वेलायती दुवावासका केही कर्मचारीहरू पनि स्वदेश फर्किएको नेपालका लागि वेलायती राजदूत निकोला पोलिटीले बताइएकी छन्। २६ चैतयता विभिन्न उडानमार्फत ७०० जना वेलायती नागरिक स्वदेश फर्किएको उनले बताइन्।
आज वेलायत गएका दूतावासका कर्मचारी भने उनीहरूको अनुकुलताको आधारमा नेपाल फर्किने राजदूत पोलिटीले ट्वीटरमा लेखेकी छन्। टीटान एअरवेजको जहाज विहान ११ बजे काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो।
यसैबीच आज विहान नेपाल एअरलाइन्सको दुईवटै वाइडवडी चीनको गोन्जओबाटा कार्गो लिएर आएको छ। आज साँझ पाँच बजे एअर अरेवियाको चार्टर्ड जहाज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्नेछ। उक्त जहाज दुबईबाट नेपाल आइरहेको छ।
" /> काठमाडौं। लण्डनबाट आएको टीटान एअरवेजको जहाजमा आज २२८ जना वेलायती नागरिक स्वदेश फर्केका छन्। वेलायतले दोस्रो पटक चार्टर्ड जहाज पठाएर आफ्ना नागरिक स्वदेश लगेको हो।त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट टीटान एअरवेजको जहाज २:५० मा कतारको दोहातर्फ प्रस्थान गरेको विमानस्थलका प्रवक्ता चन्द्रलाल कर्णले बताए। दोहामा इन्धन भरेर उक्त जहाज लण्डन जाने उडान तालिका छ।

">