काठमाडौं। बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरूलाई कोभिड–१९ सम्बन्धी बीमा लेख जारी गर्न निर्देशन दिएको छ।
अब कसैले कोभिड–१९ सम्बन्धी बीमा गरेमा उसलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ दाबी भुक्तानी पाउनेछ।
यसका लागि अहिले विद्यमान रहेको घातक रोग सरहको बीमालेख अनुसार हुने गरी दुई श्रेणीमा बीमाङ्क कायम हुने व्यवस्था बीमा समितिले गरेको छ।
जसअनुसार, एक लाख रूपैयाँसम्मको बीमा हुनेछ। यसका लागि व्यक्तिगत रूपमा बीमा गर्दा प्रतिव्यक्ति एक हजार बीमा शुल्क लाग्ने छ। तर, परिवारका सबै सदस्यको समेत बीमा गर्न चाहेमा प्रतिव्यक्ति ६०० रूपैयाँको दरले बीमा शुल्क लाग्ने गरी बीमालेख जारी गर्न भनिएको बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलले देखापढीलाई बताए।
त्यसैगरी, ५० हजार रूपैयाँको बीमा गर्दा व्यक्तिगत रूपमा ५०० रूपैयाँ बीमा शुल्क लाग्ने र परिवारका सबै सदस्यको बीमा गर्दा प्रतिव्यक्ति ३०० रूपैयाँ लाग्ने छ।
यसरी बीमा गरेको १५ दिन भने प्रतिक्षा अवधि रहने पौडेलले बताए। जसअनुसार, बीमा गरेको १५ दिन भित्रमै कोभिड–१९ पोजिटिभ देखिएमा भने दाबी भुक्तानी पाइँदैन।
प्रतिक्षा अवधिपश्चात् पीसीआर विधिबाट परीक्षण गर्दा कोभिड–१९ देखिएमा बीमा भुक्तानी दाबी योग्य हुने व्यवस्था बीमा समितिले गरेको छ।
यस्तो बीमा लेख निर्जीवन बीमा कम्पनीहरूको बीमा पुलमार्फत् जारी गर्नुपर्छ। यसो हुँदा बीमाको प्रिमियमको २० प्रतिशत पुनर्बीमा कम्पनीमा जान्छ र बाँकी रकम पुल बास्केटमा जम्मा हुन्छ। सोही बास्केटमा जम्मा भएको प्रिमियम नेपालमा हाल रहेका २० बटा निर्जीवन बीमा कम्पनीहरूले बाँडेर लिन्छन्।
उक्त पुल म्यानेजर समेत रहेको शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दीपप्रकाश पाण्डेले निर्जीवन बीमा कम्पनीहरूकै सुझावको आधारमा बीमा समितिले कोभिड–१९ सम्बन्धी बीमा लेखको कार्यक्रम ल्याएको बताए।
उनले भने, “कोभिड–१९ को उपचार खर्च त सरकारले बेहोर्छ। तर, त्यसबेला बिरामीको आफन्तको लागि पनि पैसा चाहिन्छ। अस्पतालमा कुरूवा बस्नुपर्ने हुन्छ। बिरामीकै खानपान पनि फेरिएको हुन्छ। त्यसका लागि पनि पैसा चाहिन्छ। यही कुरा सम्बोधन गर्नका लागि नै कोभिड–१९ हुँदा बित्तिकै भुक्तानी दिने गरी बीमाको कार्यक्रम आएको छ। यसले सबैलाई सहयोग गर्छ।”
सबै निर्जीवन बीमा कम्पनीहरूले ७ वैशाखबाट यस्तो बीमा गराउन शुरू गर्नुपर्ने बीमा समितिका कार्यकारी निर्देशक पौडेलले बताए।
बीमा गरेका व्यक्तिहरूले कोरोना भाइरसज पोजिटिभ देखिएको रिपोर्ट लिएर पुग्नासाथ आफूले बीमा गरेको कम्पनीको जुनसुकै शाखाबाट भुक्तानीको व्यवस्था मिलाउन बीमा कम्पनीहरूलाई भनिएको उनले बताए।
यसअघि नै कोरोना भाइरस पोजिटिभ देखिएकाहरूको हकमा भने यो बीमालेख लागू नहुने उनले बताए।
" /> काठमाडौं। बीमा समितिले सबै निर्जीवन बीमा कम्पनीहरूलाई कोभिड–१९ सम्बन्धी बीमा लेख जारी गर्न निर्देशन दिएको छ।अब कसैले कोभिड–१९ सम्बन्धी बीमा गरेमा उसलाई कोरोना संक्रमण भएको पुष्टि हुनासाथ दाबी भुक्तानी पाउनेछ।

">