काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा थप ३० हजार आरडीटी किट पठाएको छ।
देशैभर अहिले द्रूत गतिमा भइरहेको कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढाउन मन्त्रालयले आवश्यकता अनुसार सबै क्षेत्रमा आरडीटी किट पठाएको हो।
नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले आवश्यकता अनुसार कहीँ धेरै र कहीँ कम संख्यामा पठाइएको जानकारी दिए।
यसअघि मन्त्रालयले सबै प्रदेशमा पाँच हजारका दरले किट पठाएको थियो।
मन्त्रालयका अनुसार आजदेखि पाटन अस्पतालमा पनि पीसीआर मेसिन जडान गरिएको छ। भोलिदेखि त्यहाँबाट पनि परीक्षणको काम शुरू हुने मन्त्रालयले जनाएको छ।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातवटै प्रदेशमा थप ३० हजार आरडीटी किट पठाएको छ।देशैभर अहिले द्रूत गतिमा भइरहेको कोरोना भाइरस संक्रमण परीक्षणको दायरा बढाउन मन्त्रालयले आवश्यकता अनुसार सबै क्षेत्रमा आरडीटी किट पठाएको हो।

">