सेती अस्पतालमा प्रसूति सेवा पुनः सञ्चालन
<p>कैलाली। सेती प्रादेशिक अस्पतालमा २ वैशाखदेखि अनिश्चितकालका लागि बन्द भएकाे प्रसूति सेवा आजदेखि पुन:सञ्चालन गरिएकाे छ।</p>
<p>प्रदेश सरकारले सेती अस्पताललाई कोरोना विशेष अस्पताल घोषणा गरिसकेको र संक्रमितको उपचारका लागि थप शैय्या आवश्यक रहेको भन्दै प्रसूति सेवा बन्द गरिएको थियो।</p>
<p>कोरोना भाइरस संक्रमितको उपचारका लागि र प्रसूति सेवा सञ्चालनका लागि छुट्टाछुटै बाटो तयार भइसकेकाले आजैदेखि प्रसूति सेवा पुनः शुरू गरिएको अस्पतालले जनाएको छ।</p>
<p>यसअघि आमा सुरक्षा कार्यक्रम लागू भएको धनगढीकै नवजीवन अस्पतालबाट सेवा दिइने र सेती अस्पतालमा प्रसूति सेवा बन्द गरिएको भन्दै सूचना जारी गरिएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्