काठमाडाैं। नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा नराेक्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।
‘लकडाउन’को समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।
लकडाउनको अवधिमा इन्टरनेट सेवाको महसुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा इन्टनेट सेवा अवरुद्ध हुँदा आममानिसमा त्यसको नकारात्मक असर पर्न जाने भन्दै प्राधिकरणले अनलाइन माध्यमबाट भुक्तानी लिने व्यवस्था मिलाउन पनि सूचित गरेको छ।
प्राधिकरणले भुक्तानी गर्न असमर्थ ग्राहकहरूको इन्टरनेट सेवासमेत लकडाउन अवधिभर निरन्तर सञ्चालन हुने गरी व्यवस्था मिलाउन र लकडाउन अवधिपश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था मिलाउनसमेत निर्देशन दिएको छ। रासस
" /> काठमाडाैं। नेपाल दूरसञ्चार प्राधिकरणले लकडाउनका समयमा इन्टरनेट सेवा नराेक्न इन्टरनेट सेवा प्रदायकलाई निर्देशन दिएको छ।‘लकडाउन’को समयमा केही इन्टरनेट सेवा प्रदायकले समयमा महसुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध गरेको भन्ने गुनासो आएसँगै प्राधिकरणले आज एक सूचना जारी गर्दै उक्त निर्देशन दिएको हो।

">