कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेको निर्णय प्रदेश स्वास्थ्य निर्देशनालयले उल्ट्याएको छ।
१ वैशाखमा मन्त्री सुवेदीको अध्यक्षतामा बसेको बैठकले सेती प्रादेशिक अस्पतालमा हालका लागि प्रसूति सेवा गरी आमा सुरक्षा कार्यक्रम लागू भएको निजी अस्पताल (नवजीवन)मा सार्ने निर्णय गरेको थियो।
बैठकले २ वैशाखदेखि सेती प्रादेशिक अस्पतालको प्रसूति सेवा बन्द गर्न गरेको निर्णयलाई तीन दिन पनि नपुग्दै प्रदेश स्वास्थ्य निर्देशनालय डोटीले उल्टाइदिएको हो।
नवजीवन अस्पतालले हिजो, ४ वैशाखमा नै सामाजिक विकास मन्त्रालयलाई पत्र लेख्दै अस्पतालमा भौतिक संरचनाको कमि र पर्याप्त स्वास्थ्यकर्मीको समेत अभाव रहेको भन्दै सेवा दिन नसक्ने बताएको थियो। उक्त पत्र मन्त्रालयले गोप्य राखेको पाइएको छ।
मन्त्री सुवेदीको अध्यक्षतामा बसेको बैठकले प्रदेश सरकारले सेतीलाई कोरोना विशेष अस्पताल बनाएको र प्रसूति वार्डमा संक्रमितको उपचारका लाथि थप शय्या आवश्यक परेका कारण सेती अस्पतालमा रहेको प्रसूति सेवा बन्द गर्न निर्देशन दिएको थियो।
तर, आज मात्रै स्वास्थ्य निर्देशनालयले सेती प्रादेशिक अस्पताललाई पत्र पठाउँदै प्रसूति सेवा पुनः सुचारु गर्न निर्देशन दिएपछि आजदेखि सेवा सुचारु गरिएको सेती प्रादेशिक अस्पतालले जनाएको छ।
सेती प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट डा. हेमराज पाण्डेयले निर्देशनालयको निर्देशनपछि सेवा सुचारु गरिएको बताए। उनले कोरोना संक्रमित बिरामी उपचाररत क्षेत्र र प्रसूति वार्डमा जाने बाटो छुट्टाछुट्टै बनाइएको बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले गरेको निर्णय प्रदेश स्वास्थ्य निर्देशनालयले उल्ट्याएको छ।

">