काठमाडौं। लकडाउन भएको झण्डै एक महीना पुग्न लाग्यो। लामो समयकाे लकडाउनका कारण डेरामा बस्नेहरू हिंडेरै भए पनि घरतिर लाग्न थालेका छन्।
दैनिक ज्यालामजदुरी गर्नेहरू पनि भोकभोकै छन्।
सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा लामो दूरी हिँडेर आफ्नो घरसम्म जान लागेका मानिसहरूको दृश्यले सबैको मन रुवाइरहेछ।
लकडाउनका कारण घरमै बसिरहेका कलाकार सीताराम कट्टेल (धुर्मुस) भने मुकदर्शक बनेर बस्न सकेनन्। धुर्मुसले कलाकारितामार्फत् भए पनि उनीहरूको पीरमर्का दर्शाउन तथा राज्यको ध्यान तान्ने काेसिस गरेका छन्।
धुर्मुस आफैंले स्कृप्ट तयार पारे। श्रीमती कुञ्जना घिमिरे (सुन्तली), भाइ कुमार कट्टेल, आफ्ना आमाबुबा र सुन्तलीका आमाबुबालाई साथमा लिएर भिडिओ खिचे, त्याे पनि माेबाइलबाट। अनि माेबाइलमै एडिट र फेसबुकमा पाेष्ट।
“सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा आइरहेका ती दृश्यले मन पोल्यो। त्यतिकै बस्न सकिनँ। राज्यको ध्यानाकर्षण गराउन परिवारकै सदस्यलाई लिएर भिडिओ बनायौं”, धुर्मुसले देखापढीसँग भने।
उनले भिडिओमार्फत् लकडाउनको कारण दैनिक मजदुरी गरेर छाक टार्ने न्यून आय भएकाहरूले भोग्नु परेको पीडा देखाएका छन्। शहरमा जीविकोपार्जन गर्न गाह्रो भएपछि गाउँ फर्किरहेकाहरूको व्यथा र पैसाको अभावले उपचार नपाएर ज्यान गुमाउनुपर्ने बाध्यताको कथासमेत भिडिओमा समेटिएको छ।
“लकडाउनका कारण हामी पनि घरमै सेल्फ क्वारेन्टाइनमा छौं। तर, मन भने पोलिरहेको छ। बाहिर गएर काम गरौं भने पनि नहुने। अहिले त घरमै बसेर सहयोग गर्नुपर्ने अवस्था छ”, धुर्मुसले भने।
यसअघि पनि धुर्मुस सुन्तलीले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीले गरिरहेको काम तथा उनीहरूले भोग्नुपरेको पीडालाई भिडिओमार्फत् देखाएका थिए। उनीहरूले लकडाउनकै बेला सन्देशमूलक भिडिओ बनाउँदै आएका छन्।
" /> काठमाडौं। लकडाउन भएको झण्डै एक महीना पुग्न लाग्यो। लामो समयकाे लकडाउनका कारण डेरामा बस्नेहरू हिंडेरै भए पनि घरतिर लाग्न थालेका छन्।दैनिक ज्यालामजदुरी गर्नेहरू पनि भोकभोकै छन्।

">