काठमाडौं। फोक्सो तथा सघन उपचार विशेषज्ञ डा. अर्जुन कार्कीले कोभिड-१९ को संक्रमणलाई हल्का रूपमा नलिन र हेलचक्य्राइँ नगर्न सुुझाव दिएका छन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित आयोजना गर्ने प्रेस ब्रिफिङमा डा. कार्कीले क्वारेन्टाइनमा बसिसकेपछि परीक्षणमा नेगेटिभ देखिँदैमा संक्रमणको जोखिम कम भइ नहाल्ने भन्दै लापरवाही गर्न नहुने बताएका हुन्।
“यो संक्रमण संक्रमित भएकै मानिसबाट एक अर्कोमा सर्ने भएकाले निकै सावधानी अपनाउनु जरुरी हुन्छ,” उनले भने, “कुनै व्यक्तिले खोक्दा, हाछ्ँयु गर्दा पनि सचेत हुनु पर्दछ।”
उनले यसको संक्रमण हुन नदिनका लागि क्वारेन्टाइनमा सामाजिक दूरी कायम गर्नुका साथै आवश्यक सुरक्षा अपनाउनु नै उत्तम विकल्प भएको बताए।
“कतिपयलाई लक्षण देखिन्छ। कतिपयलाई लक्षण नदेखिन सक्छ”, उनले भने, “त्यसैले लक्षण नदेखिएका मानिसबाट पनि अलि टाढै बस्नु उपयुक्त हुन्छ।”
डा. कार्कीले भीडभाडमा नजाने, गए पनि दूरी कायम राख्ने, नयाँ वस्तु छोइएमा साबुन पानीले हात धुने वा स्यानिटाइजर प्रयोग अनिवार्य गर्न सुझाए।
उनले कुनै वस्तु छोइ हालेमा तत्कालै उक्त हातले अनुहारको भागमा छुन नहुने बताए। “सामान्य लक्षण देखिए पनि कतिपय मानिसले घरमै आवश्यक सावधानी गरेर यसविरुद्ध लड्न सक्छन्,” उनले भने।
उनले सरकारले आह्वान गरेको लकडाउन पालना गर्दिनँ भनेर लापरवाही गर्दा त्यसले आफू र आफ्नो परिवारलाई पनि जोखिममा पार्ने भन्दै नागरिकले पनि आफ्नो दायित्वबोध गर्नु आवश्यक रहेको बताए।
“पोजिटिभ देखिन छाडे भनेर पनि लापरवाही गर्नु राम्रो मानिदैन,” उनले भने, “यो भाइरसको संक्रमण फेरि पनि देखिन सक्ने हुँदा त्यसमा पनि हामी सबै गम्भीर हुनैपर्छ।”
अहिलेको महामारीविरुद्ध लड्न सबै सचेत हुनुपर्ने भन्दै दिगभ्रमित पार्ने हिसाबले कहीँकतैबाट काम गर्न नहुने उनको सुझाव छ।
" /> काठमाडौं। फोक्सो तथा सघन उपचार विशेषज्ञ डा. अर्जुन कार्कीले कोभिड-१९ को संक्रमणलाई हल्का रूपमा नलिन र हेलचक्य्राइँ नगर्न सुुझाव दिएका छन्।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित आयोजना गर्ने प्रेस ब्रिफिङमा डा. कार्कीले क्वारेन्टाइनमा बसिसकेपछि परीक्षणमा नेगेटिभ देखिँदैमा संक्रमणको जोखिम कम भइ नहाल्ने भन्दै लापरवाही गर्न नहुने बताएका हुन्।

">