काठमाडौं। लकडाउनका बेला वृद्ध, महिला, बालबालिकासमेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएको भन्दै उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल (कोमविसाप) नेपालले अपिल गरेको छ।
साथै कोमविसापले लकडाउन अवधिभर कार्यस्थलमै रहने चाहने श्रमिक र तिनका परिवारलाई भोजन तथा बासको व्यवस्था गर्न सरकारसँग माग गरेको छ। कोमविसापले आज विज्ञप्ति जारी गर्दै भनेको छ, “आफ्ना नागरिक घर न घाटको हुनु कुनै पनि सभ्य समाजका लागि लज्जाको विषय हो।”
विज्ञप्तिमार्फत् गाउँ फर्कन चाहने किसान मजदुरको लागि यातायात, खाने, पिउने प्रबन्ध तत्काल गर्न संघीय सरकारले प्रदेश तथा स्थानीय सरकारसँगको समन्वय गर्न माग गरिएको छ।
यस्तै उद्योग तथा व्यवसाय र साना–ठूला परियोजनामा काम गर्ने मजदुर गाउँ फर्कनुपर्ने अवस्था आएमा सम्बन्धित परियोजना वा ठेकेदारको समन्वयमा राज्यले घरसम्म पुर्याउने प्रबन्ध मिलाउनुपर्ने कोमविसापको भनाइ छ।
विज्ञप्तिमार्फत् यातायातको प्रबन्धकालागि ठूला निजी विद्यालय, सरकारी कार्यालयलगायतका ठूला बसहरूको प्रयोग गर्ने र यस्तो व्यवस्था गर्दा न्यूनतम भौतिक दूरीलगायत सावधानी अपनाउन व्यवहारिक निर्देशिका जारी गर्न पनि माग गरिएको छ।
भारतमा कार्यरत लाखौं मजदुरहरू प्रवेश नपाएपछि छुकीछिपी नेपाल प्रवेश गरिरहेकाले उनीहरूलाई सेफ प्यासेज निर्माण गरी गाउँ जान दिनु उचित हुने कोमविसापको भनाइ छ। उनीहरू बाटामै बिरामी भए वा घर पुगेपछि सम्बन्धित पालिकामै क्वारेन्टाइनको व्यवस्था गरी यात्रा कार्डको व्यवस्था गर्नुपर्ने कोमविसापले जनाएको छ।
" /> काठमाडौं। लकडाउनका बेला वृद्ध, महिला, बालबालिकासमेत कैयौं दिनसम्म पैदल यात्रा गर्न बाध्य भएको भन्दै उनीहरूलाई सम्मानपूर्वक बाँच्न पाउने अवस्था सिर्जना गर्न कोरोना महाव्याधिविरुद्ध सार्वजनिक पहल (कोमविसाप) नेपालले अपिल गरेको छ।

">