काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उदयपुरमा १२ र चितवनमा २ गरी थप १४ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ।
मन्त्रालयले आज साँझ यसको पुष्टि गरेको हो।
आज कोरोना भाइरसको संक्रमण पुष्टि भएका चितवनका दुई जना आमा-छोरा हुन्। आमाको उमेर ६३ वर्ष र छोराको उमेर २७ वर्ष रहेको बताइएको छ।
३ वैशाखमा र्यापिड डायग्नोष्टिक टेष्टका क्रममा एक महिलाको शंकास्पद नतिजा आएको थियो। त्यसपछि उनी र उनका छोरालाई भरतपुर अस्पतालको आइसोलेसन वार्डमा राखिएको थियो।
पीसीआर प्रविधिबाट उनीसँगै छोराको पनि परीक्षण गरिएको थियो।
पीसीआरबाट पनि उनीहरूको कोभिड-१९ परीक्षण नतिजा शंकास्पद देखिएपछि भरतपुर अस्पतालले आमा-छोराको थ्रोट स्वाबको नमूना यकिनको लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौं पठाएको थियो।
आज प्रयोगशालामा गरिएको परीक्षणको नतिजा पनि पोजिटिभ आएको हो।
उनीहरु गत ५ चैतमा बेलायतबाट हङकङ हुँदै नेपाल आएको खुलेको छ।
जिल्ला जनस्वास्थ्य कार्यालय चितवनका अनुसार उनीहरू चितवनको राप्ती नगरपालिकाका बासिन्दा हुन्।
" /> काठमाडौं। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज उदयपुरमा १२ र चितवनमा २ गरी थप १४ जना कोरोना भाइरसका नयाँ संक्रमित फेला परेको पुष्टि गरेको छ।मन्त्रालयले आज साँझ यसको पुष्टि गरेको हो।

">