काठमाडौं। नेपालमा आज एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
यसमा १३ पुरुष र एक महिला छन्। संक्रमण देखिएकामध्ये १२ वटा केस उदयरपुरमा देखिएको हो। यी सबै पुरुष हुुन्।
चितवनमा एक महिला र एक पुरुषमा संक्रमण देखिएको छ। उनीहरू आमा–छोरा हुन्।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अुनसार उदयपुरमा २८ वर्षका चार र २९ वर्षका दुई पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो।
यसैगरी, २०, २२, २५, २६, ३४ र ४० वर्षका एक/एक जना पुरुषमा संक्रमण देखिएको हो।
चितवनमा संक्रमण देखिएकी महिला ६३ वर्षीया हुन् भने संक्रमित उनका छोरा २७ वर्षीय हुन्।
योसँगै नेपालका कोरोना संक्रमितको संख्या ३० पुगेको छ। ३० मध्ये एकजना मात्र निको भएर घर फर्केका छन्।
धनगढीमा ५, वीरगञ्जमा ४, टेकुस्थित अस्पतालमा २, पाटन अस्पतालमा २ र बाग्लुङमा २ जना संक्रमितको आइसोलेसनमा राखेर उपचार भइरहेको छ।
" /> काठमाडौं। नेपालमा आज एकैदिन १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।यसमा १३ पुरुष र एक महिला छन्। संक्रमण देखिएकामध्ये १२ वटा केस उदयरपुरमा देखिएको हो। यी सबै पुरुष हुुन्।

">