एक करोड ८० लाख नेपालीको बैंक खाता
काठमाडौं । नेपाल राष्ट्र बैंकले एक करोड ८० लाख नेपालीको बैंकमा खाता रहेको जनाएको छ ।

राष्ट्र बैंकले नेपालको वित्तीय पहुँचको स्थिति सार्वजनिक गर्दै करीब ६१ प्रतिशत नेपालीको बैंकमा निक्षेप खाता रहेको जनाएको हो ।

राष्ट्र बैंकले व्यक्तिको एकभन्दा बढी वित्तीय संस्थामा खाता भए पनि एउटा खाता मात्र गणना गरेको छ ।

यो पहुँचमा लघुवित्त संस्था र सहकारीबाट सेवा लिइरहेको जनसंख्या समावेश गरिएको छैन ।

२०७६ असार मसान्तमा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा १४ लाख ४० हजार कर्जा खाता रहेको राष्ट्र बैंकले जनाएको छ ।

त्यसैगरी, २०७६ असार मसान्तसम्ममा वाणिज्य बैंक, विकास बैंक र वित्त कम्पनीहरुमा खोलिएका व्यक्तिगत निक्षेप खाताको संख्या २ करोड ७८ लाख ६७ हजार छ।

हालसम्म ७३९ स्थानीय तहमा वाणिज्य बैंकहरुको शाखा विस्तार भइसकेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्