काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आसपास क्षेत्र पूर्णरूपमा सिल गरिएको छ।
भारतबाट लुकीछिपी आएर मस्जिदमा बसिरहेका १६ जनामध्ये १२ जनामा संक्रमण पुष्टि भएपछि आसपास क्षेत्र प्रहरीले अहिले बेलुकादेखि सिल गरेको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उक्त क्षेत्रमा भोलि नै परीक्षण गरिने जनाएको छ। मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाबको नमूना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्ने र आसपास क्षेत्रमा व्यक्तिहरूको पनि र्यापिड डाइग्नोस्टिक टेस्ट किट विधिबाट परीक्षण गरिने जानकारी दिए।
“त्यहाँको मस्जिदमा बसेका १२ जनामा संक्रमण पुष्टि भएपछि उच्च सतर्कता अपनाएका छौं”, उनले भने, “मस्जिदमा बसेको उनीहरूको नमूना संकलन गरेर परीक्षण गर्दा संक्रमण भेटिएको हो।”
१२ जनामध्ये आठजना भारतीय नागरिक हुन् भने चारजना नेपाली हुन्।
मन्त्रालयले भोलिदेखि नै संक्रमितको कन्टयाक्ट ट्रेसिङ शुरू गरिने जनाएको छ। संक्रमित भेटिएका १२ जनालाई नै बेलुका एम्बुलेन्समा राखेर विराटनगरस्थित कोरोना विशेष अस्पतालमा भर्ना गरिनेछ।
मन्त्रालयले १२ वटा केस नै आयातित भएको जनाएको छ।
यस्तै आजै चितवनको राप्ती नगरपालिका-८ को एकै परिवारका दुईजनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ। उनीहरू आमाछोरा हुन्।
३ चैतमा दुवैजना बेलायतबाट फर्किएको खुलेको छ। बेलायतबाट फर्किएका दुईजना संक्रमित भेटिएपछि उनीहरूको पनि कन्टयाक्ट ट्रेसिङ शुरू गरेर परीक्षण तीव्र बनाउने मन्त्रालयको भनाइ छ। दुवैजनालाई भरतपुर अस्पतालको आइसोलेसन कक्षमा भर्ना गरेर उपचार शुरू गरिएको छ।
" /> काठमाडौं। उदयपुरको त्रियुगा नगरपालिका-३ स्थित मस्जिदमा बसिरहेका १२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि आसपास क्षेत्र पूर्णरूपमा सिल गरिएको छ।भारतबाट लुकीछिपी आएर मस्जिदमा बसिरहेका १६ जनामध्ये १२ जनामा संक्रमण पुष्टि भएपछि आसपास क्षेत्र प्रहरीले अहिले बेलुकादेखि सिल गरेको हो।

">