काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्टि भएका १२ जना लकडाउनअघि नै उदयपुर आएको खुलेको छ।
स्वास्थ्य मन्त्रालयले आज उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरिसकेको छ।
उनीहरूसँगै चितवनका आमा-छोरामा पनि कोभिड-१९ थपिएसँगै आज एकैदिन नेपालमा संक्रमितको संख्या १४ जना देखियो। र, नेपालमा संक्रमितको संख्या जम्मा ३० पुग्यो।
विराटनगरस्थित् कोशी अस्पतालको प्रयोगशालामा उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण शंकास्पद देखिएपछि यकिनका लागि टेकुस्थित् राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो।
उनीहरू लकडाउन शुरू हुनुअघि नै त्रियुगा नगरपालिका-३ भुल्केमा रहेको मस्जिदमा बसिरहेको पाइएको उदयपुरका सहायक प्रमुख जिल्ला अधिकारी भीमप्रसाद भट्टराईले बताए।
“रिपोर्ट पोजिटिभ आएको सूचना पाएसँगै हामीले सतर्कता बढाएका छौँ। तर 'ट्राभल हिस्ट्री' बारे अझै यकिन हुन सकेको छैन”, भट्टराईले देखापढीसँग भने।
संक्रमितमध्ये चार नेपाली र आठ भारतीय नागरिक रहेको भनिएको छ।
उनका अनुसार कोभिड-१९ देखिएका १२ जनाको उपचार र मस्जिद वरपरको क्षेत्रमा थप सावधानी र सतर्कता बढाउने सम्बन्धमा निर्णय गर्न अहिले जिल्ला सुरक्षा समितिको बैठक बसिरहेको छ।
मस्जिदमा रहेकाहरूले आफूहरू मंसिर पहिलो हप्तामै नेपाल आएको बताएको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीले देखापढीलाई बताए।
“उनीहरूले मंसिरमै नेपाल आएको हामीसँग बताएका छन्”, चौधरीले भने, “उनीहरूको भनाइ अनुसार सुनसरी-सप्तरी हुँदै यहाँ (उदयपुर) आएको देखिन्छ।”
चौधरीका अनुसार उनीहरूले आफन्तकोमा आएको र लकडाउनमा परेर आफूहरू नेपालमै फसेको बताएका छन्।
मेयर चौधरीले पोजिटिभ देखिएकाहरूको उपचार प्रक्रिया र उनीहरूसँगको सम्पर्कमा रहेकाहरूको समेत खोजी गर्न प्रहरी/प्रशासनसँग समन्वय भइरहेको जानकारी दिए।
पढ्नुहोस्
उदयपुरका संक्रमितलाई विराटनगरस्थित कोरोना विशेष अस्पताल लगियाे
उदयपुरमा संक्रमित बसेको क्षेत्र प्रहरीद्वारा सिल, त्यो क्षेत्रका अरू व्यक्तिको परीक्षण गर्ने तयारी
" /> काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्टि भएका १२ जना लकडाउनअघि नै उदयपुर आएको खुलेको छ।स्वास्थ्य मन्त्रालयले आज उदयपुरमा ३४, २९, २६, २८, २८, २८, २८, २२, २५, २०, ४० र २९ वर्षका पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि गरिसकेको छ।

">