सिन्धुपाल्चाेक। जाँच र औषधि प्रयोगपछि मात्रै मेलम्ची खानेपानी आयाेजनाका सवारीसाधनले हेलम्बु प्रवेश पाउने भएका छन्। हेलम्बु गाउँपालिका-४ र मेलम्ची खानेपानी आयाेजनाबीच सुरक्षित तरिकाले सामान बोक्ने सवारीसाधन चलाउने सहमति भएपछि सवारीसाधन गाउँपालिकामा प्रवेश गर्न दिइएको छ।
यसअघि अत्यावश्यक सवारीसाधन मात्रै आफ्नो क्षेत्रभित्र प्रवेश दिने र अन्य कुनै पनि सवारीसाधनमा रोक लगाउने निर्णय गरिएको थियो।
आज वडा नम्बर ४ का वडाध्यक्ष, वडास्तरीय विपद् व्यवस्थापन समितिका संयोजक, प्रहरी प्रशासन र आयोजनाका प्रतिनिधिबीच मेलम्ची खानेपानीको निर्माणका निम्ति सामान ढुवानी गर्ने सवारीसाधन र चालक तथा सवारीका सहयोगीलाई समेत स्प्रे र स्यानिटाइजर प्रयोग गरी गाउँपालिकाभित्र प्रवेश दिने सहमति भएको वडाध्यक्ष राजकुमार लामिछानेले बताए।
सहमतिअनुसार मालसामान ढुवानी गर्ने सवारीसाधनका लागि वडा नं ६ तालामाराङमा जाँच र औषधि प्रयोगपछि मात्रै प्रवेश दिइएको छ। रासस
" /> सिन्धुपाल्चाेक। जाँच र औषधि प्रयोगपछि मात्रै मेलम्ची खानेपानी आयाेजनाका सवारीसाधनले हेलम्बु प्रवेश पाउने भएका छन्। हेलम्बु गाउँपालिका-४ र मेलम्ची खानेपानी आयाेजनाबीच सुरक्षित तरिकाले सामान बोक्ने सवारीसाधन चलाउने सहमति भएपछि सवारीसाधन गाउँपालिकामा प्रवेश गर्न दिइएको छ।यसअघि अत्यावश्यक सवारीसाधन मात्रै आफ्नो क्षेत्रभित्र प्रवेश दिने र अन्य कुनै पनि सवारीसाधनमा रोक लगाउने निर्णय गरिएको थियो।

">