नेपाल प्रहरीले भन्याे- ‘प्रहरी कर्मचारीबाट दुर्व्यवहार भए तत्काल फोन गर्नुस्’
<p>काठमाडौं। ड्युटीमा खटिएका प्रहरी कर्मचारीबाट भएका दुर्व्यवहारका घटनाप्रति प्रहरी प्रधान कार्यालयले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।</p>
<p>आफ्नो फेसबुक पेजमार्फत् नेपाल प्रहरीले कोरोना भाइरस (कोभिड-१९) का कारण उत्पन्न विषम परिस्थितिमा घोषणा गरिएको देशव्यापी लकडाउन पालना गराउँदै संक्रमणको जोखिमबाट नागरिकलाई बचाउने क्रममा भएका यस्ता घटनाको छानबिन भइरहेको प्रष्ट पारेको छ।</p>
<p>प्रहरीले अहिलेको प्रतिकूल परिस्थितिको गाम्भीर्यतालाई आत्मसात् गरेर प्रहरी कार्यमा सहयोग गरिदिन पनि सर्वसाधरण सबैमा आग्रह गरेको छ।</p>
<p>प्रहरी कर्मचारीबाट कुनै दुर्व्यवहारका घटना भएमा तत्काल निःशुल्क फोन १००, ११३३, प्रहरी परिचालक कक्षको फोन नम्बर ०१४४१२७८०, ९८५१२८३२७३, उजुरी छानबिन शाखाको ९८५१२९३००० र केन्द्रीय प्रहरी प्रवक्ताको ९८५१२९२१११ मा सम्पर्क गर्न अनुरोध पनि गरेको छ।</p>
प्रतिक्रिया दिनुहोस्