काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्‍टि भएका उदयपुरका १२ जनालाई उपचारका लागि विराटनगर लगिएको छ।
उदयपुरबाट विराटनगर गाडीमा करीब साढे तीन घण्टा समय लाग्छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार उनीहरूलाई उदयपुरबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचारको लागि हिँडाइसकिएको छ।
प्रदेश सरकारले संक्रमित देखिएको भुल्के र आसपासको क्षेत्रलाई सिल गर्न स्थानीय प्रशासनलाई भनिसकिएको सुवेदीले देखापढीलाई बताए।  उदयपुरमा ३४, २९, २६, २२, २५, २०, ४०, २९ र चारजना २८ वर्षीय पुरुषमा कोभिड-१९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरूमध्ये आठजना भारतीय र चारजना नेपाली हुन्।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण शंकास्पद देखिएपछि हिजो, ४ वैशाख राति गाडीबाट यकिनका लागि पुन:  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना ल्याइएको थियो।
स्वास्थ्य मन्त्रालयबाट उनीहरूको नतिजा पोजिटिभ आएको सूचना पाएसँगै उनीहरूलाई उपचारको लागि पठाइएको हो।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले भोलिबाटै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाबको नमूना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्ने र आसपास क्षेत्रमा व्यक्तिहरूको पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट विधिबाट परीक्षण गरिने जानकारी दिए।
" /> काठमाडौं। आज कोरोना भाइरस संक्रमणको पुष्‍टि भएका उदयपुरका १२ जनालाई उपचारका लागि विराटनगर लगिएको छ।
उदयपुरबाट विराटनगर गाडीमा करीब साढे तीन घण्टा समय लाग्छ।
प्रदेश १ का मुख्यमन्त्री शेरधन राईका प्रेस संयोजक ध्रुव सुवेदीका अनुसार उनीहरूलाई उदयपुरबाट चारवटा एम्बुलेन्समा राखेर विराटनगरस्थित कोशी अस्पतालअन्तर्गतको कोरोना विशेष अस्पतालमा उपचारको लागि हिँडाइसकिएको छ।
प्रदेश सरकारले संक्रमित देखिएको भुल्के र आसपासको क्षेत्रलाई सिल गर्न स्थानीय प्रशासनलाई भनिसकिएको सुवेदीले देखापढीलाई बताए।  उदयपुरमा ३४, २९, २६, २२, २५, २०, ४०, २९ र चारजना २८ वर्षीय पुरुषमा कोभिड-१९ देखिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
उनीहरूमध्ये आठजना भारतीय र चारजना नेपाली हुन्।
विराटनगरस्थित कोशी अस्पतालको प्रयोगशालामा उनीहरूको थ्रोट स्वाब नमूना परीक्षण शंकास्पद देखिएपछि हिजो, ४ वैशाख राति गाडीबाट यकिनका लागि पुन:  टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमूना ल्याइएको थियो।
स्वास्थ्य मन्त्रालयबाट उनीहरूको नतिजा पोजिटिभ आएको सूचना पाएसँगै उनीहरूलाई उपचारको लागि पठाइएको हो।
मन्त्रालयका विज्ञ सल्लाहाकार डा. खेम कार्कीले भोलिबाटै संक्रमितको प्रत्यक्ष सम्पर्कमा रहेका व्यक्तिहरूको स्वाबको नमूना संकलन गरेर पीसीआर विधिबाट परीक्षण गर्ने र आसपास क्षेत्रमा व्यक्तिहरूको पनि र्‍यापिड डाइग्नोस्टिक टेस्ट किट विधिबाट परीक्षण गरिने जानकारी दिए।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्