समिट हस्पिटलको फार्मेसीलाई दुई लाख जरिवाना
<p>काठमाडौं। बढी मूल्यमा सर्जिकल मास्क बिक्री गरेको पाइएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आज भक्तपुरको लोकन्थलीस्थित समिट हस्पिटलको फार्मेसीलाई कारबाही गरेको छ।</p>
<p>अनुगनमका क्रममा बढी मूल्य लिई मास्क बेचेको पाइएपछि सो फार्मेसीलाई उपभोक्ता संरक्षण ऐन, २०७५ बमोजिम तत्काल दुई लाख रूपैयाँ जरिवाना गरिएको विभागले जनाएको छ। </p>
<p>यसैगरी विभागको अनुगमन टोलीले मूल्य सूची नराखी माछा बिक्री गरेको पाइएपछि बानेश्वरस्थित धनुषा फिस हाउसलाई ५० हजार रूपैयाँ जरिवाना गरेको छ।</p>
<p>विभागले लकडाउनको समयमा पनि उपभोक्ता ठगीमा नपरुन् भनेर अनुगमनलाई निरन्तरता दिएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्