हेटौँडा। तीन साता लामो लकडाउनले पीडामा परेका मकवानपुरका विपन्न र दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने थप १४ हजार २९५ घर परिवारलाई खाद्यान्न प्याकेट घरदैलोमै उपलब्ध गराइएको छ।

आठ गाउँपालिकामा सम्बन्धित वडाध्यक्षको रोहवरमा खाद्यान्न प्याकेट वितरण गर्न लगाइएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए।

ती प्रत्येक घरको परिवार सङ्ख्याका आधारमा न्यूनतम पाँच किलोदेखि २० किलोसम्म चामल, दाल दुईदेखि चार किलोसम्म, नुन दुई प्याकेट, तेल एक लिटर र तरकारी दुई किलो गाउँपालिकाले आफ्नो कोषबाट खरिद गरी उपलब्ध गराइएको बताइएको छ।

जिल्लाका दुर्गम र पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न उत्पादन कमी हुँदै आएको र ती क्षेत्रमा बसोवास गर्ने आदिवासी चेपाङ, तामाङ समुदायको बाहूल्यता भएकाले विपन्न र ज्यालादारी गर्ने सर्वसाधारणलाई यही समयलाई मात्र नभई ६/७ महीनाका लागि खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएकाले सङ्घीय सरकार र प्रदेश सरकारलाई आफूले गाउँपालिकाका तर्फबाट निर्णय गरी माग गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका केही वडामा करीब चार हजार घरपरिवारलाई खाद्यान्न प्याकेट वितरण गरिसकिएको र अरु वडामा तथ्याङ्क लिने काम भइरहेकाले दुई÷तीन दिनभित्रै खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले बताए।

मकवानपुरमा अहिले करीब ४२ हजार ३७७ परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ। रासस

" /> हेटौँडा। तीन साता लामो लकडाउनले पीडामा परेका मकवानपुरका विपन्न र दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने थप १४ हजार २९५ घर परिवारलाई खाद्यान्न प्याकेट घरदैलोमै उपलब्ध गराइएको छ।

आठ गाउँपालिकामा सम्बन्धित वडाध्यक्षको रोहवरमा खाद्यान्न प्याकेट वितरण गर्न लगाइएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए।

ती प्रत्येक घरको परिवार सङ्ख्याका आधारमा न्यूनतम पाँच किलोदेखि २० किलोसम्म चामल, दाल दुईदेखि चार किलोसम्म, नुन दुई प्याकेट, तेल एक लिटर र तरकारी दुई किलो गाउँपालिकाले आफ्नो कोषबाट खरिद गरी उपलब्ध गराइएको बताइएको छ।

जिल्लाका दुर्गम र पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न उत्पादन कमी हुँदै आएको र ती क्षेत्रमा बसोवास गर्ने आदिवासी चेपाङ, तामाङ समुदायको बाहूल्यता भएकाले विपन्न र ज्यालादारी गर्ने सर्वसाधारणलाई यही समयलाई मात्र नभई ६/७ महीनाका लागि खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएकाले सङ्घीय सरकार र प्रदेश सरकारलाई आफूले गाउँपालिकाका तर्फबाट निर्णय गरी माग गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका केही वडामा करीब चार हजार घरपरिवारलाई खाद्यान्न प्याकेट वितरण गरिसकिएको र अरु वडामा तथ्याङ्क लिने काम भइरहेकाले दुई÷तीन दिनभित्रै खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले बताए।

मकवानपुरमा अहिले करीब ४२ हजार ३७७ परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ। रासस

"> थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण    : Dekhapadhi
थप १४ हजार विपन्न र ज्यालादारी परिवारलाई राहत वितरण
हेटौँडा। तीन साता लामो लकडाउनले पीडामा परेका मकवानपुरका विपन्न र दैनिक ज्यालादारी काम गरेर जीवन निर्वाह गर्ने थप १४ हजार २९५ घर परिवारलाई खाद्यान्न प्याकेट घरदैलोमै उपलब्ध गराइएको छ।

आठ गाउँपालिकामा सम्बन्धित वडाध्यक्षको रोहवरमा खाद्यान्न प्याकेट वितरण गर्न लगाइएको जिल्ला समन्वय समितिका प्रमुख रघुनाथ खुलालले बताए।

ती प्रत्येक घरको परिवार सङ्ख्याका आधारमा न्यूनतम पाँच किलोदेखि २० किलोसम्म चामल, दाल दुईदेखि चार किलोसम्म, नुन दुई प्याकेट, तेल एक लिटर र तरकारी दुई किलो गाउँपालिकाले आफ्नो कोषबाट खरिद गरी उपलब्ध गराइएको बताइएको छ।

जिल्लाका दुर्गम र पश्चिम भेगमा पर्ने राक्सिराङ गाउँपालिकाका विभिन्न वडामा खाद्यान्न उत्पादन कमी हुँदै आएको र ती क्षेत्रमा बसोवास गर्ने आदिवासी चेपाङ, तामाङ समुदायको बाहूल्यता भएकाले विपन्न र ज्यालादारी गर्ने सर्वसाधारणलाई यही समयलाई मात्र नभई ६/७ महीनाका लागि खाद्यान्न आपूर्ति गर्नुपर्ने अवस्था आएकाले सङ्घीय सरकार र प्रदेश सरकारलाई आफूले गाउँपालिकाका तर्फबाट निर्णय गरी माग गरिएको राक्सिराङ गाउँपालिकाका अध्यक्ष राजकुमार मल्लले बताए।

त्यसैगरी हेटौँडा उपमहानगरपालिकाका केही वडामा करीब चार हजार घरपरिवारलाई खाद्यान्न प्याकेट वितरण गरिसकिएको र अरु वडामा तथ्याङ्क लिने काम भइरहेकाले दुई÷तीन दिनभित्रै खाद्यान्न वितरण गर्ने तयारी भइरहेको उपमहानगरपालिकाका प्रमुख हरीबहादुर महतले बताए।

मकवानपुरमा अहिले करीब ४२ हजार ३७७ परिवारलाई खाद्यान्न वितरण गर्ने कार्य सम्पन्न भएको जिल्ला समन्वय समितिले जनाएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्