हेटौंडा। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले कृषि उत्पादनको कामलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ।
समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले भौतिक दूरी कायम गरी कृषकहरूलाई आवश्यक पर्ने मल, बिउ बिजन उपलब्ध गराउने निर्णय गरेको हो।
बैठकमा मुख्यमन्त्री पौडेलले लकडाउनका कारण कृषि उत्पादनमा परेको असर पूर्ति गर्न स्थानीय तहले खेतीको कामलाई निरन्तरता दिन समन्वय गर्नुपर्नेमा जोड दिए।
आवश्यक सुरक्षा अपनाइ निर्वाध रूपमा खेतीपाती गर्न किसानहरूलाई अनुरोध गरेर उत्पादनमा लाग्न प्रेरित गरिनुपर्ने उनले बताए।
उनले भने, ‘कतिपय व्यक्तिहरु वर्षभरी शहर पसेर काम गर्ने तर खेतीपाती लगाउने सिजनमा घरमा आउने र बाली थन्क्याएर फेरी शहर पस्ने छन्। उनीहरू अहिले अलपत्र भएकोले व्यवस्थापन हुनु आवश्यक छ।’
अझै एकद्वार तरिकाले राहत वितरण नगरिएकाले संघीय सरकारको निर्देशन अनुसार कडाईका साथ एकद्वार प्रणालीबाट राहत वितरण गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै प्रदेशभरीका एम्बुलेन्सहरूको लगत संकलन गरी कमाण्ड पोष्टमार्फत व्यवस्थापन गरेर संचालन गर्ने, बिरामी बोक्न अटेर गर्ने एम्बुलेन्सलाई कारवाही गर्ने निर्णय भएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगेलले बताए।
" /> हेटौंडा। बागमती प्रदेश कोभिड संकट व्यवस्थापन समितिले कृषि उत्पादनको कामलाई प्रोत्साहन गर्ने निर्णय गरेको छ।समितिका अध्यक्ष एवं मुख्यमन्त्री डोरमणी पौडेलको अध्यक्षतामा बसेको बैठकले भौतिक दूरी कायम गरी कृषकहरूलाई आवश्यक पर्ने मल, बिउ बिजन उपलब्ध गराउने निर्णय गरेको हो।

">