डब्लूएचओको अपिल- वन्यजन्तुको मासुको व्यापारमाथि कडा प्रतिबन्ध लगाऊँ <p>जेनेभा। विश्&zwj;व स्वास्थ्य संगठन (डब्लूएचओ)ले वन्यजन्तुको मासुको व्यापारमाथि कडा प्रतिबन्ध लगाउन सबै मुलुकसँग अपिल गरेको छ।</p> <p>कोभिड-१९ को महामारी थप फैलिन नदिन त्यस्तो प्रतिबन्ध अत्यावश्&zwj;यक भएको डब्लूएचओका महानिर्देशक डा. टेड्रो अदानम गेब्रियससले बताए।</p> <p>कोरोना भाइरसको संक्रमण चीनको वुहानस्थित सी फुड बजारबाट शुरु भएको मानिन्छ। भोजनको स्वच्छता र सबै मापदण्ड पालना भएको यकिन गरेर मात्र जीवित जनावरको व्यापार हुने बजारहरू खुल्न दिनुपर्नेमा पनि उनले जोड दिए।</p> <p>&lsquo;महामारीको रूप लिएका भाइरसमध्ये ७० प्रतिशत जनावरबाटै आएका छन्,&rsquo; उनले भने।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्