लकडाउन खोल्ने अमेरिकाको तीन तयारी
उनको योजना लागू गर्न राज्यका गभर्नरहरू बाध्य छैनन्। र, उनीहरूलाई नै पूर्ण जिम्मेवारी दिने ट्रम्प प्रशासनको योजना छ।
सीएनएनका अनुसार पहिलो चरणमा १४ दिनदेखि लगातार नयाँ बिरामी नदेखिएमा गभर्नरहरूले आ-आफ्नो नेतृत्वमा रहेका राज्यमा लगाइएको लकडाउन खुकुलो बनाउँदै लैजान सक्ने छन्।
पहिलो चरणअन्तर्गत् कोभिड-१९ को जोखिममा रहेका मानिसलाई मात्र घरभित्रै रहन भनिने छ। कामदारहरूलाई काममा फर्किन भनिने छ। जिमखाना, मुभी थिएटरलगायत कतिपय सार्वजनिक स्थलहरू खोल्न सकिनेछ। तर, बार, विद्यालयलगायत बन्द नै रहनेछन्।
नयाँ बिरामी फेला पर्ने सम्भावना नदेखिएपछि मात्र दोस्रो चरणको ‘रिओपनिङ’ गर्न सकिने छ। यस चरणमा सार्वजनिक यातायात खोल्न सकिने छ। विद्यालयमा पठनपाठन शुरु गर्न सकिनेछ। र, ग्राहकको क्षमता घटाएर बारहरू पनि खुला हुन सक्ने छन्।
यदि सबै पाटो सकारात्मक दिशामा अगाडि बढे मात्र तेस्रो चरणको रिओपनिङ शुरु गर्न सकिनेछ। तर, यस चरणमा पनि कोभिड-१९ को जोखिममा रहेका समूहले सामाजिक दूरी कायम राख्नुपर्नेछ।
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्