सर्लाहीका एक बालकमा र्‍यापिड टेष्‍ट पोजिटिभ
धनकौल गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ६५ जनाको नमूना परीक्षण गर्दा एक १४ वर्षीय बालकको नतिजा पोजिटिभ आएको सर्लाहीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर जिसीले बताए।
बालकको थ्रोट स्वाब नमूना थप परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुरमा पठाइएको जिसीले जानकारी दिएका छन्।
ती बालक २३ चैतमा भारतको राजधानी दिल्लीबाट आफ्नो गाउँ धनकौल आएका थिए।
भारतबाट आएको जानकारी पाएलगत्तै सुरक्षाकर्मीले उनलाई घर नपुग्दै क्वारेन्टाइनमा राखिएको थियो । रासस
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्