कोभिड-१९ को महामारी व्यापक फैलिने जोखिममा जापान

टोकियो। आयाको काजिवारा वरिष्‍ठ नर्स हुन्, जो कोभिड-१९ का गम्भीर बिरामीको अवस्थाबारे फस्ट ह्यान्ड जानकारी राख्छिन्। तर, हालसम्मको सरकारी तयारीसँग उनी सन्तुष्‍ट छैनन्। भन्छिन्, ‘बिरामीको अवस्था सुध्रिएको बताइने गरेको छ तर ठीक विपरित उनीहरू गम्भीर अवस्थातिर छन्।’

पछिल्ला सातामा जापानमा कोरोना भाइरसको संक्रमण बढ्दो अवस्थामा छ। हिजोसम्ममा जापानमा नौ हजार सात सय ८७ जना बिरामी देखिएका छन् भने एक सय ९० जनाले ज्यान गुमाएका छन्।

शुरुवाति चरणमा कोरोना भाइरसको संक्रमण फैलिन नदिने सरकारी प्रयास सफल देखिएको थियो। तर, सातवटा प्रिफेक्चरबाट पूरै देशमा संकटकाल विस्तार गर्ने प्रधानमन्त्री सिन्जो अबेको घोषणा सँगसँगै कोभिड-१९ का बिरामी पनि देशभर विस्तार हुन थालेको देखियो।

यदि सामाजिक दूरीको नियम उल्लंघन गर्ने अहिलेकै अवस्था कायम रह्यो भने जापानमा ठूलो संख्यामा हताहती हुने चेतावनी विज्ञहरूले दिएका छन्। तथापि, उनीहरूको चेतावनीका बावजुद कतिपयको मृत्यु भेन्टिलेटर अभावमा भएको छ।

स्वास्थ्य सामग्रीहरूको अभाव बढेको छ। यसै साता ओसाकाका मेयर इचिरो मात्सुईले नगरवासीलाई प्रयोगविहीन रेनकोटहरू उपलब्ध गराउन आग्रह गर्नुले पनि त्यसको पुष्‍टी गर्छ। स्वास्थ्यकर्मीहरूका लागि व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) बनाउन ती रेनकोट उपयोग गरिने मेयर इचिरोको भनाइ थियो।

१२ अप्रिलमा ८७ नयाँ बिरामी देखिएकामा तीमध्ये कतिपय चिकित्सक, नर्स र बिरामीका कुरुवाहरू थिए। अस्पतालहरूको खराब अवस्था झल्काउँछ, यस तथ्यांकले।

व्यापक परीक्षण अभावमा जापानमा कोरोना भाइरसको संक्रमण फैलिने सम्भावनालाई नकार्न नमिल्ने लन्डनस्थित किङ्स कलेजको इन्स्टिच्युट फर पपुलेसन हेल्थका निर्देशक केन्जी सिबुया बताउँछन्। उनी विश्‍व स्वास्थ्य संगठनको हेल्थ पोलिसी विभागका पूर्वप्रमुख पनि हुन्।

प्रतिक्रिया दिनुहोस्