काठमाडौं। सडक निर्माणका लागि १४ स्थानीय तहलाई दिन लागेको स्काभेटर यस वर्ष उपलब्ध नगराउने भएको छ।
चीनसँग सिमाना जोडिएका १४ जिल्लाका स्थानीय तहहरूलाई सडक निर्माणको लागि सहयोग गर्न लागिएका १४ वटा स्काभेटर उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेकोमा हाल कोभिड-१९ को महामारीको कारण देखाउँदै चीनले ती उपकरण यस वर्ष उपलब्ध गराउन नसकिने बताएको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको पत्र उद्धृत गर्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ।
तिब्बत परराष्ट्र कार्यालयका महानिर्देशक र महावाणिज्यदूतबीचको बैठकमा चिनियाँ अधिकारीले कोभिड-१९ का कारण चीन सरकारको वैदेशिक सहयोगका प्राथमिकतामा परिवर्तन भइ अन्य प्रकारका आयोजनाबाट महामारी रोकथाम तथा नियन्त्रणका क्षेत्रमा सहयोग केन्द्रित गर्नुपर्ने भएकोले तत्काललाई स्काभेटर दिन नसकिने बताएको मन्त्रालयले सम्बन्धित स्थानीय तहलाई लेखेको पत्रमा उल्लेख छ।
चीन सरकारले ताप्लेजुङको फत्ताङलुङ, संखुवासभाको सभापोखरी, दोलखाको बिगु, सिन्धुपाल्चोकको जुगल, रसुवाको गोसाइकुण्ड,धादिङको रुविभ्याली, गोरखाको चुमनव्री, मनाङको नार्पाभूमि, मुस्ताङको लोमन्थाङ, बझाङको तालकोट, डोल्पाको से फोक्सुण्डो, मुगुको मुगुम कार्मारोङ, हुम्लाो नाम्खा, दार्चुलाको मार्मा गाउँपालिकालाई एक/एक वटाका दरले स्काभेटर सहयोग गर्ने भएको थियो।
" /> काठमाडौं। सडक निर्माणका लागि १४ स्थानीय तहलाई दिन लागेको स्काभेटर यस वर्ष उपलब्ध नगराउने भएको छ।चीनसँग सिमाना जोडिएका १४ जिल्लाका स्थानीय तहहरूलाई सडक निर्माणको लागि सहयोग गर्न लागिएका १४ वटा स्काभेटर उपलब्ध गराउने प्रक्रिया अन्तिम चरणमा पुगेकोमा हाल कोभिड-१९ को महामारीको कारण देखाउँदै चीनले ती उपकरण यस वर्ष उपलब्ध गराउन नसकिने बताएको तिब्बतको ल्हासास्थित नेपाली महावाणिज्यदूतावासको पत्र उद्धृत गर्दै संघीय मामिला तथा समान्य प्रशासन मन्त्रालयले जनाएको छ।

">