गायिका टेलर स्विफ्टका सन् २०२० का सबै कार्यक्रम रद्द

वासिङ्टन। अमेरिकी गायिका तथा गीतकार टेलर स्विफ्टले सन् २०२० का आफ्ना सबै लाइभ प्रस्तुति रद्द गरेको घोषणा गरेकी छन्।

१७ अप्रिल राति ट्विट गर्दै उनले कोभिड-१९ को जोखिमका कारण वर्षभरिका सबै कार्यक्रम रद्द गरिएको जानकारी दिएकी हुन्।

‘यस वर्ष कुनै पनि कन्सर्टमा दर्शकहरूको साथमा हुन नपाउँदा दुःखी छु तर यो मेरो सही निर्णय हो,’ उनले लेखेकी छन्, ‘सबैजना स्वस्थ र सुरक्षित रहनुहोस्। जतिसक्दो चाँडो म तपाईंहरूकै साथमा हुनेछु। अहिलेलाई यो परिस्थितिको उपज हो।’

यसअघि तय भएका कन्सर्टहरू सन् २०२१ का लागि सारिएको र त्यसका लागि नयाँ टिकट वितरण गरिने उनले विज्ञप्तिमार्फत जनाएकी छन्।

जस्टिन बिबर, नायल होरान, ब्याड बन्नीलगायत गायक-गायिकाले यसअघि नै आफ्ना कन्सर्ट र टुरहरू स्थगित गरिसकेका छन्।

‘कोचेल्ला’लगायत ठूला सांगीतिक कार्यक्रमहरू स्थगित भएका छन्। न्युयोर्क, लसएन्जलसलगायत ठूला सहरका मेयरहरूले सन् २०२१ सम्मका लागि ठूला कार्यक्रमहरूमा प्रतिबन्ध लगाइएको घोषणा गरिसकेका छन्।

प्रतिक्रिया दिनुहोस्