धनगढीमा उपचाररत् कोरोना संक्रमित २१ वर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ

कैलाली। सेती प्रादेशिक अस्पतालमा उपचाररत् पाँचजना कोरोना संक्रमितमध्ये एकजनाको दोस्रो नमूना परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ।

सेती प्रादेशिक अस्पतालका प्रवक्ता डा. जगदिश जोशीले लम्कीचुहा नगरपालिकाका-२१ बर्षीय युवकको दोस्रो रिपोर्ट नेगेटिभ आएको देखापढीलाई बताए।

उनका अनुसार अहिले आइसोलेसनमै राखेर उपचार भइरहेको ती युवकको अर्को पटकको रिपोर्ट पनि नेगेटिभ आए मात्रै डिस्चार्ज गरिने छ।

त्यहीँ उपचार गराइरहेका अन्य चारजनाको भने थ्रोट स्वाबको दोश्रो नमूना परीक्षण गर्दा नतिजा पोजिटिभ देखिएको छ।

धनगढी उपमहानगरपालिका- ५ का ३४ बर्षीय युवक, उनकी ३४ बर्षीया भाउजु, कञ्चनपुरको बेदकोट नगरपालिकाका ४१ बर्षीय पुरुष र लम्की चुहा नगरपालिका-१ कि ५२ बर्षीया महिलाको कोभिड-१९ परीक्षण रिपोर्ट पुनः पोजिटिभ देखिएको हो।

धनगढी उपमहानगरपालिका- ५ का ३४ बर्षीय युवको तेस्रो रिपोर्ट यसअघि नै आईसकेकोमा अब चौथो पटकका लागि नमूना संकलन गरिने बताए।

प्रतिक्रिया दिनुहोस्