सेती अस्पतालमा स्यानिटाइजिङ बुथ <p>कैलाली। मारवाडी युवा मञ्चले सेती प्रादेशिक अस्पताल धनगढीलाई एक थान स्यानिटाइजिङ बुथ हस्तान्तरण गरेको छ।</p> <p>मञ्चका धनगढी अध्यक्ष गौरव अग्रवालले आज धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुर वड र अस्पतालका मेसु डा. हेमराज पाण्डेयलाई संयुक्तरूपमा साे बुथ हस्तान्तरण गरेका हुन्।</p> <p>मारवाडी युवा मञ्चले यसअघि शुक्रराज अस्पताल टेकु, वीर र नारायणी अस्पताललाई कोभिड-१९ उपचारका लागि सहयोग पुर्&zwj;याउने उद्देश्यले स्यानिटाइजिङ बुथ हस्तान्तरण गरिसकेको अध्यक्ष अग्रवालले बताए।</p> <p>सेती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने सर्वसाधारण, अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी तथा कर्मचारीलाई साे बुथमा स्यानिटाइजिङ गरिनेछ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्