कांग्रेसको भनाइ- राहत वितरणमा सर्वदलीय संयन्त्र

काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गरिब तथा विपन्न परिवारलाई राहत वितरणका लागि सर्वदलीय संयन्त्र आवश्‍यक भएको दाबी गरेको छ।

पार्टीको पदाधिकारी बैठकपछि स्थानीय तहबाट राहत वितरणमा पक्षपात भएको गुनासो आएको दाबी गर्दै कांग्रेस प्रवक्ता विश्‍वप्रकाश शर्मा त्यस्तो संयन्त्रको आवश्‍यकता औंल्याएका हुन्।

लक्षित समूहसम्म द्रुत गतिमा राहत पुर्‍याउन पनि कांग्रेसले आग्रह गरेको छ।

राहत स्वरूप बैंकको व्याज मिनाहा या न्यून गर्न पनि कांग्रेसले सरकारलाई आग्रह गरेको छ।

घुम्ती परीक्षण शुरु गरी कोरोना भाइरसको परीक्षणको दायरा बढाउन पनि कांग्रेसले आग्रह गरेको छ। स्वास्थ्यकर्मी र सुरक्षाकर्मीबीच आवश्‍यक समन्वय गरी कोरोनाबाहेक अन्य रोगका विरामीको अवस्थालाई ध्यान दिन पनि कांग्रेसको माग छ।

प्रतिक्रिया दिनुहोस्